सुनचाँदीको भाउ बढ्यो

127

असोज २०,
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । सोमबार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको हो । यसैगरी मंगलबार तेजावी सुन तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ११८० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १२०० रुपैयाँमा कारोबार भएको हो ।