‘अब लकडाउन हैन, कोरानासँग लड्दै काम गरौँ’

254

असोज १३,
काठमाडौं । सबैभन्दा धेरै जनघनत्व रहेको काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । काठमाडौंमा जारी निषेधाज्ञा हटाउनुका साथै लामो दुरीको सवारी सञ्चालन हुन थालेपछि काठमाडौं उपत्यका कोरोना संक्रमणको केन्द्र बनेको छ । पछिल्लो समय देशभरीको कोरोना संक्रमणको आँकडाको तुलना गर्दा उपत्यकामा दैनिक ५० देखि ६० प्रतिशत हाराहारी कोरोना संक्रमित फेला पर्न थालेका छन् । उपत्यकामा नगर प्रमुखहरुमा समेत कोरोना संक्रमण हुन थालेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य उपचारपछि फर्किएका छन् भने ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ आइसोलेसनमा रहेका छन् । राजधानी प्रवेश गर्ने प्रमुख नाकाको रुपमा रहेको नागढुङ्गा नाका काठमाडौंको चन्द्रागिरी नगरपालिका अन्तर्गत पर्छ । सो नगरपालिकामा ६ जनाको संक्रमणबाट निधन भएको छ । २५ जना अस्पताल र ८५ जना होम आइशोलेशनमा छन् । चन्द्रगिरी नगरपालिकामा हालसम्म ३ सय ९० जना संक्रमित भइसकेका छन् ।