पुरानो नहर खोतल्दै भरतपुर महानगर

126

असोज ९,
चितवन । भरतपुर महानगरपालिकाको मुख्य शहरी क्षेत्र जलमग्न भएपछि निकासका लागि पुरानो नहरको खोतल्न थालिएको छ । नारायणी लिफ्ट सिँचाइ आयोजनाको पानी बग्ने नहरहरु ठाउँठाउँमा पुरेर सडक बनाएसँगै शहरी क्षेत्रमा निकासको अभाव हुँदा जलमग्न हुन पुगेको हो । भरतपुर महानगरपालिका­ १० मा अध्यक्ष निर्वाचित भएपछि आफैंले नहर पुरेर सडक बनाउनु भएका अरुणपीडित भण्डारीले आज आफैँ डोजरमा चढेर बाटोलाई नहर बनाउन शुरु गर्नु भएको छ । नहर पुरिएपछि भरतपुर महानगरपालिका वडा नम्बर १०, ११, १२ र ७ डुवानमा परेका छन् । अधिकांश सरकारी कार्यालय डुबेका छन् ।

ठाउँठाउँमा अव्यवस्थित रुपमा गरिएको जग्गाको खण्डीकरण र संरचनाले पानीको प्राकृतिक बहाव रोकिंदा पानी जम्ने समस्या आएको छ । नहरको कतिपय भाग पुरेर सडक बनाइएको छ भने कतिपय ठाउँमा निजी तथा सार्वजनिक भवन समेत बनाइएको छ । महानगरमा वर्षाको पानी जाने उचित निकास हुन नसक्दा शहरी क्षेत्र डुबानमा पर्ने गरेको हो । वर्षामा शहरी क्षेत्रमा परेको पानी नहर हुँदै जाने गर्दथ्यो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले तत्काल पानीको निकासका लागि पहिले नारायणी लिफ्टको नहर भएको नहरचोकदेखि रिजालचोक हुँदै केरुङ्गासम्म खनेर कुलो बनाइने बताइन् । त्यसैगरी पूर्व­पश्चिम राजमार्ग र वाइपास सडकमा व्यवस्थित ढल निर्माण गरी केरुङ्गा र पुङ्गी खोलामा मिसाइने दाहालले जानकारी दिइन् । पुनः निर्माण हुँदै गरेको हुलाकी सडकको मुख्य बस्ती भएको ठाउँमा ढलको व्यवस्था गरिनेछ । त्यसलाई पनि केरुङ्गामा मिसाइने उले बताइन् । -रासस