Sunday, September 27, 2026
Home समाचार भारतीय दूतावासमा गोली चल्यो, एक जनाको मृत्यु

भारतीय दूतावासमा गोली चल्यो, एक जनाको मृत्यु

78
सांकेतिक तस्विर

काठमाडौं । लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले गोली हानी आत्महत्या गरेका छन्। ३२ वर्षीय दीपक सिंह नाम गरेका सुरक्षाकर्मीले आफैलाई इन्सासमार्फत गोली हानेको उच्च प्रहरी स्रोतले जानकारी दियो। उनले आफ्नै चिउँडोमुखि गोली हानेका हुन् ।

उनीको घर भारतको उत्तराखण्ड हो । ‘दूतावासभित्रको घटना भएकाले उनीहरूकै कानूनअनुसार कारबाही हुन्छ। त्यसैले हामीलाई प्रवेश अनुमति हुँदैन’, एक प्रहरीले अधिकारीले भने ।

प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले घटनाबारे थाहा पाएपछि प्रहरी टोली त्यसबारे बुझ्न दूतावास पुगेको बताए । ‘हामीलाई पनि त्यस्तै सूचना आयो । प्रहरी टोली त्यहाँ पुगेको छ’, उनले भने।