राष्ट्रिय क्रिकेट टिमको तलब तोकियो

220

असोज ६
काठमाडौ । महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टिमको तलब वृद्धि गर्दै नेपाल क्रिकेट संघ क्यान० को बोर्ड बैठकले ग्रेडिङ गरेको छ । चितवनमा सम्पन्न बैठकले पुरुष र महिला टिमका खेलाडीलाई ए, बी र सी ग्रेडमा विभाजन गर्दै तलब तोकेको हो । जसमा पुरुष टिमका ए ग्रेडका खेलाडीलाई ५० हजार, बी ग्रेडका खेलाडीलाई ४० हजार र सी ग्रेडका खेलाडीलाई ३० हजार रूपैयाँ दिने निर्णय गरेको छ ।

यस्तै महिला टोलीका खेलाडीलाई ग्रेडका आधारमा क्रमशः १५ हजार, १२ हजार र १० हजार रुपैयाँ दिने निर्णय भएको क्यान सदस्य छुम्बी लामाले खबरहबलाई बताए । बैठकमा कोरोना भाइरसका कारण ठप्प खेलकुदका बारेमा समेत छलफल भएको उनले बताए । त्यसैगरी क्यानले यही २८ गते वार्षिक साधारण सभा गर्ने निर्णय समेत गरेको छ । जसका लागि राष्ट्रिय खेलकुद परिषद् राखेपसँग अनुमति लिने बताइएको छ । कोरोनाका कारण यदि साधारण सभा खुला रुपमा हुन भने ‘भर्चुअल साधारण सभा’ गर्ने निर्णय गरिएको छ । यसअघि क्यानले सन् २०१४ को विश्वकप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई टोयोटाले गाडीसहित सम्मान गर्ने बताएको थियो ।