तार चोरी गरेको आरोपमा ४ जना पक्राउ

138

असोज ६
मोरङ । नेपाल टेलिकमको तार चोरी गर्ने ४ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा विराटनगर(६ का २१ वर्षीय विजय सहनी, १८ वर्षीय राज सहनी, २१ वर्षीय रविन सहनी र १९ वर्षीय सुमित सहनी रहेका छन । यही १ असोजमा विराटनगर महानगरपालिकाको विभिन्न स्थानहरूबाट टेलिकमको तार चोरी भएको उजुरीसँगै खोजी गर्दा जिल्ला प्रहरी कार्यालय मोरङले गएराति उनीहरूलाई विराटनगर( ४ स्थित जामुनगाछीबाट पक्राउ गरेको हो ।

उनीहरूको साथबाट चोरी गरेर टेलिकमको १५० पेयरको २ सय २० मिटर केवल तारसमेत बरामद गरिएको छ । प्रहरीले उनीहरूको साथबाट ९ प ४१५८ नम्बरको यमाहा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । चोरिएका सामानसहित पक्राउ परेका चारै जनामाथि चोरी ऐनअन्तर्गत कानुनी कारबाहीअघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।