कोरोना भाईरस पिडित परिवारलाई राहत

377

असोज १
मध्यपुर थिमि । कोरोना भाईरस (कोभिड–१९) बाट संक्रमित विरामीहरु मध्यपुर थिमि नगरपालिकामा समुदायस्तरमै फैलिएको छ । कोरोना भाइरसका कारण नगरभित्र परिवारका परिवार नै प्रभावित भईरहेको छ । ती प्रभावित परिवार मध्ये कोही परिवार असाध्यै समस्यामा परेको हुनाले आदर्श सामाजिक सेवा समाज एएसब्घ नामक संस्थाले कोरोना संक्रमित परिवारहरुलाई राहत सामग्री तथा समुदायमा गुर्जो बितरण गरेको छ । भाद्र ३१ गतेसम्ममा नगरभित्रका विभिन्न वडाका ८ घर परिवारलाई उक्त सामाग्रीहरु सहयोग गरिसकेको समाजका अभियन्ता रमेश प्रजापतिले बताउनुभयो । अभियन्ता प्रजापतिले अनुसार वडा नं ४ मा ४ परिवार, वडा नं ५ मा २ परिवार, वडा नं ६ मा १ परिवार र वडा नं ७ मा १ परिवारलाई र जनसमुदायमा ३५ किल्लो गुर्जो बितरण गरिसकेको बताउनुभयो ।
सो कार्यको लागि विभिन्न क्षेत्रबाट आर्थिक तथा भौतिक सामानहरु समेत सहयोग प्राप्त भइरहेको समाजका अभियन्त रमेश प्रजापतिले जानकारी दिनुभएको छ । उहाँले स्थानीयबासिन्दा जगतबहादुर श्रेष्ठबाट १० हजार, न्ह्यज्याः खलःबाट १० हजार, नवआदर्श साकोसबाट १० हजार, वडा नं. ९ का तत्कालिन वडाध्यक्ष ओमप्रकाश श्रेष्ठबाट ८ हजार, कबिदास श्रेष्ठ २ हजार, सुमन श्रेष्ठ एक हजार, शशि एण्ड सन्स प्रा लिबाट १० बाक्स चाउचाउ र १० बाक्स बिस्कुट, चन्द्रकला कर्माचार्यबाट ४ हजार, रमेश प्रजापति ३ हजार, ईन्द्रसेन श्रेष्ठबाट २५ केजीको चामल १ बोरा, ईञ्जिनियर कृष्णदेब श्रेष्ठ, दिपेन्द्र बज्राचार्य, राकेश श्रेष्ठ, गौरी श्रेष्ठ, लक्ष्मी श्रेष्ठबाट एक÷एक हजार रुपैयाँ सहयोग प्राप्त भएको बताउनुभयो ।