हेटौँडाका उद्योगी फर्जी नागरिकता लिएको आरोपमा पक्राउ

142

भदौं २३,
काठमाडौं । नेपाली नागरिकता फर्जी कागजपत्र पेस गरी लिएको आरोपमा हेटौँडाका उद्योगी विप्लपकान्ति बोस पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटमा ५९ वर्षीय बोसले फर्जी कागजपत्र पेस गरी नेपाली नागरिकता लिएको आरोप छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बोसलाई मंगलबार हेटौँडा-५ गर्दोईबाट पक्राउ गरेको हो । पक्राउ गरी बोसलाई रौतहट प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको छ । मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले झुठो विवरण पेस गरी नेपाली नागरिकता लिएको आरोपमा पक्राउ गरिएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउको लागि मकवानपुर प्रहरीलाई पत्र लेखेपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले उनलाई पक्राउ गरेको हो ।

‘बोसले फर्जी कागजपत्र पेस गरी नेपाली नागरिकता लिएको आरोप छ । उनलाई आज पक्राउ गरेका छौँ । अब रौतहट प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको छ,’ रानाले भने । बोस ब्याडमिण्टनका राष्ट्रियस्तरका खेलाडीसमेत हुन् । -shilapatra bat