भदौं २२
भक्तपुर । नेपाली सेनाले भक्तपुरमा २४ घण्टामा २२५ वेड क्षमताको आइसोलेशन वार्ड तयार गरेको छ । उपत्यकामा कोरोना संक्रमित बढेपछि संक्रमित भएका सेना र आश्रीत परिवारलाई राख्न सेनाले उक्त तयारी गरेको हो । सेनाले सैनीक आवासीय महाविद्याय सल्लाघारी र सूर्यविनायकस्थित वीरदल गणमा २४ घण्टामा आइसोलेसन वार्ड तयार पारेको हो । सैनीक आवासीय महाविद्यालय सल्लाघारीमा १५० वेड र सूर्यविनायक स्थित वीरदल गणमा ७५ वेड क्षमताको आइसोलेसन गरेर २२५ वार्ड तयार परिएको वीरलदल गणका गणपति प्रमुख सेनानी शिबप्रसाद पौडेलले जानकारी दिएका छन् ।
आइसोलेसन व्यवस्थापन र सुरक्षाको जिम्मेवारी सेनाको उपत्यका पृतना अन्र्तगतको श्री वीरदल गणले गर्नेछ । फोहोर व्यवस्थान, खानपिन, सुरक्षालगायतमा सेना परिचालित हुनेछ ।
सैनीक आवासीय महाविद्यालय र सूर्यविनायक स्थित वीरदल गणमा रहेको आइसोलेसनमा डाक्टर सहित ५/५ जनाको स्वास्थ्य टाली रहने छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण उपत्यकामा बढेपछि संक्रिमित भएका सेना र आश्रीत परिवारलाई राख्न उक्त तयारी गरेको हो ।
उपत्यकामा हाल आइसोलेसन वेडको अभाव देखिन थालेकाले संक्रमित सेना र परिवारलाई अन्यत्र व्यवस्थापन गर्न सके ती स्थानमा सर्वसाधरणलाई राख्न सकिने भएकोले आइसोलेसन तयार पारिएको सेनाले जानकारी दिएको छ ।
तत्काललाई सेना र परिवारलाई राखिने भएपनि भविष्यमा भने सर्वसाधरणलाई समेत राखिने वीरलदल गणका गणपति प्रमुख सेनानी पौडेल बताए ।
सूर्यविनायक स्थित सेनाको आइसोलेनस वार्डमा अहिले ७५ जना संक्रमितलाई राखिएको समेत जानकारी सेनाले दिएको छ ।