भदौं १,
भक्तपुर । चाँगुनारायण नगरपालिकाको सुडालमा मृत अवस्था भेटिएकी महिलाको पहिचान खुलेको छ ।
चाँगुनारायण नगरपालिका–८ सुडाल स्थित मुलसाँगु खोलामा मृत अवस्थामा फेला परेकी ३२ बर्षकी काली भन्ने यसोदा सिजखु रहेको प्रहरीले जानकारी दिएको छ । सिखजु भक्तपुर नगरपालिका–६ याछे, सुकुलढोका घर भई हाल चाँगुनारायण नगरपालिका वडा नं. ८ मा नवराज लामिछानेको घरमा डेरा गरी बसी ज्याला मजदुरी गर्ने दशराम सिजखुकी श्रीमती रहेको खुलेको छ । महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीका अनुसार यसोदा तरकारी खोज्न भनी डेरा कोठाबाट निस्किएको थिइन् ।
मुलसाँगु खोलाको किनारमा भएका बाँसको झ्याङबाट बासको तामा भाचेर बोरामा राखी खोला तर्ने क्रममा खोलामा बनाएको स्ल्याबमा चिप्लिएर खोलामा डुबेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पोष्टमार्टमको लागी के.एम.सी. अस्पताल दुवाकोट पठाई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको डिएसपी गिरीले बताए ।