मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने

427

फागुन १५,
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलबार विश्वासको मत लिदैछन्। मंगलबार दिउँसो एक बजे बस्ने प्रदेशसभाको बैठकमा उनले सरकारका लागि विश्वासको मत लिन लागेका हुन्। संविधानको धारा १६८ को उपधारा ४ मा मुख्यमन्त्रीले नियुक्त भएको तीस दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ। कर्णाली प्रदेशमा वाम गठबन्धन आवद्ध एमाले, माओवादी केन्द्रको ३२ मत रहेको छ। कर्णाली प्रदेशमा जम्मा सांसद ३९ जना रहेका छन्। सत्ता साझेदार पार्टी एमाले र माओवादी केन्द्रले सबै सांसदलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेका छन्।