साउन ३,
भक्तपुर । ४२ औं पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा भक्तपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला समिति भक्तपुरले शनिबार आयोजना गरेको खुल्ला रक्तदानमा कार्यक्रममा ७१ जना रक्तदान गरेको समितिका सदस्य दिपक थापाले बताए । हाल देखिएको रगतका अभावलाई कसरी सहज तवरले आपुर्ति गर्न सकिन्छ भन्ने उद्देश्यका साथ रक्तदान गरिएको र युवाहरुको सहभागिताका उत्साहजनक रहेको थापाले जानकारी दिए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले पुष्पलालको राजनीतिक योगदानकाबारे चर्चा गरेका थिए ।
कोरोना भाइरसको महामारीमा र बाढी पहिरोमा देखिएको रगतको अभाबलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको हो । गैरको प्रमुखआतिथ्यमा भएको कार्यक्रममा प्रतिष्ठानका जिल्ला अध्यक्ष धुर्बराज बिस्टको अध्यक्षता तथा सचिब रजन के सि को संचालन गरेका थिए ।