पहिरो जाँदा ३ जनाको ज्यान मृत्यु

258
सांकेतिक तस्विर

साउन २,
कास्की । माछापुछ्रे गाउँपालिका वडा नम्बर ८ खोराकोमुखमा गए राती पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । पहिरोले प्रेमराजको माइलो छोराको छोरा १६ वर्षीय नाती कुशल विक, १६ वर्षकी नातिनी रोजिना विक र १४ वर्षीय नाती समिर विककको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले बताए ।

अर्को कोठामा सुतेका प्रेमराजको दम्पती भने सकुशल छन् । पहिरोमा पुरिएका तीनै जनाको शव निकालिएको उनले जानकारी दिए । घटनाबाट के कति क्षति भयो भन्ने विवरण आएको छैन् ।