यमनमा ७ बालबालिका र २ महिलाको मृत्यु

165

असार ३०,
यमन । उत्तरपश्चिम यमनमा भएको हवाई हमलामा ७ बालबालिका र दुई महिलाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले सोमबार जनाएको छ । यमनमा पछिल्लो समय भड्किएको द्वन्द्वले हजारौं सर्वसाधारणको ज्यान लिएको छ र ठूलो मानवीय संकट सिर्जना गरेको छ । साउदी अरेयिबा नेतृत्वको गठबन्धनले यस्तो आक्रमण रचेको हुथी विद्रोहीहरुले आरोप लगाएका छन् । आक्रमणमा २ वर्षका बालक समेत परेको उनीहरुले जनाएका छन् । यमनस्थित संयुक्त राष्ट्रसंघ मानवीय सहयोग कार्यालयले स्थलगत अध्ययनका क्रममा हिजाह प्रान्तमा ९ जनाको मृत्यु भएको देखिएको र अन्य दुई बालबालिका तथा दुई महिला घाइते भेटिएको जनाएको छ । -एजेन्सी