चाँगुनारायण नगरपालिका बजेटः १ अर्ब ४८ करोड रुपैयाँ, कहा कति ? हेर्नुहोस्

1111

असार ११,
भक्तपुर । चाँगुनारायण नगरपालिकाले आर्थिक २०७७/०७८का लागि आय तथा व्यय सार्वजनिक गरेको छ । दुईदिनसम्म चलेको सातौं नगरसभाबाट आर्थिक २०७७/०७८का १ अर्ब ४८ करोड २७ लाख ३ हजार ६ सय रुपैंया विनियोजन गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिएका छन् ।
जसमा पूजीँगत तर्फ ८१ करोड २५ लाख ९० हजार रुपैंया (५५.८०) प्रतिशत र चालुतर्फ ६७ करोड १ लाख १३ रुपैंया (४५.२०) प्रतिशत रहेको छ । नगरसभाले कोरोना भाइरस नियन्त्रण कोषमा १ करोड, स्वास्थ्यका लागि ३ करोड ३५ लाख, जसमा विपन्न परिवारको स्वास्थ्य बीमाका लागि १ करोड रुपैंया विनियिोजन गरिएको नगर प्रमुख मिश्रले बताए ।

त्यसैगरि शिक्षाका लागि ३ करोड २८ लाख बचत खाता छोरीको, सुरक्षा जीवनभरिको कार्यक्रमका लागि ५० लाख रुपैंया छुट्टाएको हो । ‘हाम्रो चाँगुनारायण सफा चाँगुनारायण’ प्रर्वद्धनकालागि १ करोड ११ लाख, कृषिमा आधारित रोजगारीकालागि १ करोड ९७ लाख रुपैंया विनियोजन गरिएको नगरप्रमुख मिश्रले बताए । ‘उज्यालो चाँगुनारायण कार्यक्रम अन्र्तगत सडक बत्तिलगायतका कामका लागि ५० लाख रुपैयाँ रहेको छ,’ मिश्रले भने । नगरसभाले एक घर एक धारा कार्यक्रमलाई ४ करोड, नगरपालिकाको भवन निर्माणकालागि १० करोड, सडक र यातायात क्षेत्रको विकाशकालागि २८ करोड रुपैंया विनियोजन गरेको हो । नगरपालिकाको आय श्रोतका रुपमा पर्यटन कर, माटो पानी ठेक्का, घर नक्शालगायतका माध्यमहरु रहेका छन् ।