ढल्कुबाट गैंडाको खाग सहित ३ जना पक्राउ

414

१२ असार,
काठमाडौं । प्रहरीले गैंडाको खागसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत, लैनचौरका प्रहरी नायब सन्तोष सिह राठौरको टोलीले ढल्कुबाट दुर्लभ वन्यजन्तु गैंडाको खाग जस्तो देखिने बस्तु १ थान र सेतो सिसाको पत्थर जस्तो देखिने बस्तु १ थान सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा गोरखा चुमनुब्री गाउँपालिका-३ का ५३ वर्षीय लालबहादुर गुरूङ, मकवानपुर गढी गाउँपालिका-२ का ३३ वर्षीय अष्ट बहादुर थिङ र धादिङको थाक्रे गाउँपालिका-११ का ३४ का वर्षीय गोबिन्द प्रसाद मोक्तान रहेका काठमाडौं प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।