भक्तपुर नगरपालिकाको बजेट कहाँ कति ? हेर्नुहोस् पूर्णपाठ

311

असार ११,
भक्तपुर । भक्तपुर नगरपालिकाको सातौं नगरसभा मार्फत आगामी आर्थिक वर्ष २०७७÷७८ को अनुमानित आय—व्यय बजेट प्रस्तुत भएको छ । बुधबार नगरसभाले आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र जग्गा बिक्रीसमेत गरी रु. १ अर्ब ८२ करोड ४० लाखको बजेट पेश गरेको हो । विनियोजित बजेटको चालु खर्चतर्फ रु. ३९ करोड ८९ लाख ७६ हजार रुपैयाँ र पुँजीगततर्फ रु. ७९ करोड ७३ लाख ११ हजार विनियोजन गरेको छ ।

विनियोजित बजेटमा शिक्षा तथा संस्कृति क्षेत्रमा कूल बजेटको २०.९० प्रतिशत छ्ट्याएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रमा ७.६९ प्रतिशत, सम्पदासंरक्षण तथा विकास निर्माणमा २३.१५ प्रतिशत रहेको छ ।
फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ६.५० प्रतिशत, महिला–बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा १३.५७ प्रतिशत, युवा तथा खेलकुदको क्षेत्रमा १.८४ प्रतिशत, कृषि क्षेत्रमा ०.४५ प्रतिशत र खानेपानी क्षेत्रमा ०.९८ प्रतिशत विनियोजन गरिएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिएका छन् । नगरपालिकाको चालू आ.ब.का लागि कूल बजेट २ अर्ब १३ करोड १० लाख रुपैया विनियोजन गरिएको थियो ।

आयतर्फ बाह्य स्रोतबाट जम्मा १ अर्ब २२ करोड ४० लाख आम्दानी हुने अनुमान गरिएकोमा २०७७ जेठ मसान्तसम्ममा जम्मा ८२ करोड ३४ लाख ४९ हजार आम्दानी भएको र जुन अनुमान गरिएकोको ६७.३६ प्रतिशत हुन आउने उपप्रमुख रजनी जोशीले बताइनन् ।
चालू आ.व.को असार मसान्तसम्ममा बाह्य स्रोतबाट ९१ करोड ६० लाख ९४ हजार आम्दानी हुने संशोधित अनुमान छ, जुन ७४.८४ प्रतिशत हुने नगरसभामा जानकारी दिएको छ ।
नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई यो आर्थिक वर्षसम्म दिइँदै आएको खाजा भत्ता र पोशाक भत्ताबापतको रकम वर्तमान संवेदनशील अवस्थालाई मध्यनजर गरी यो वर्ष नलिने उल्लेख गरिएको छ ।
यो आर्थिक वर्षमा नगरपालिकाको खर्चमा विदेश भ्रमण नगर्ने र देशभित्रका विभिन्न जिल्लामा भ्रमण गरिँदाको भ्रमण भत्ता तथा समितिको बैठक भत्ता आधा आधा घटाउने उपप्रमुख जोशीको भनाई छ ।

भक्तपुर नगरपालिकाको आ.व. २०७७/७८ को अनुमानित बजेट रु. १ अर्ब ८२ करोड ४० लाख
२०७७ असार १० गते, बुधबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सातौं नगरसभाको बैठकले बुधबार भक्तपुर नगरपालिकाको आ.व. २०७७÷७८ को अनुमानित आय—व्यय बजेट प्रस्तुत ग¥यो । भक्तपुर नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको जग्गा बिक्रीसमेत गरी आ.व. २०७७/७८ को लागि रु. १ अर्ब ८२ करोड ४० लाखको बजेट पेश गरिएको छ ।

विनियोजित बजेटको चालु खर्चतर्फ रु. ३९ करोड ८९ लाख ७६ हजार रुपैयाँ र पुँजीगततर्फ रु. ७९ करोड ७३ लाख ११ हजार विनियोजन गरेको छ ।
कोभिड १९ रोगको महामारीको विषम परिस्थितिका कारण यो वर्ष ठूलो आकारको बजेट खर्च हुने र बहुवर्षीय योजनाहरूभन्दा एकै वर्षमा सम्पन्न हुने र छिटो प्रतिफल प्राप्त गर्न सकिने नयाँ योजनाहरूलाई प्राथमिकता क्रममा राखिएको नगरपालिकाको बजेट वक्तव्यमा उल्लेख छ । बजेट वक्तव्यमा नगरपालिकाका जनप्रतिनिधिहरुले यो आर्थिक वर्षमा नगरपालिकाको खर्चमा विदेश भ्रमण नगर्ने र देशभित्रका विभिन्न जिल्लामा भ्रमण गरिँदाको भ्रमण भत्ता तथा समितिको बैठक भत्ता आधा आधा घटाउने उल्लेख छ । साथै नपामा कार्यरत कर्मचारीहरुलाई चालू आ.व.सम्म दिइँदै आएको खाजा भत्ता र पोशाक भत्ताबापतको रकम वर्तमान संवेदनशील अवस्थालाई मध्यनजर गरी नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुर नपा एकाइ समितिको तर्फबाट यो वर्ष नलिने उल्लेख छ ।
वडास्तरका योजनाहरू सञ्चालन गर्न विगत वर्षझैं यो वर्ष पनि रु. ५० लाखका दरले जम्मा रु. ५ करोड रुपैयाँ र सडक बोर्डअन्तर्गतका योजनाहरू सञ्चालन गर्न रु. १ करोड रुपैयाँ विनियोजन गरिएको छ । साथै नगरपालिकाले सञ्चालन गर्ने ख्वप एफएम र ख्वप टेलिभिजनको रेकर्डिङ स्टुडियो निर्माणको लागि रु. ५० लाख रुपैयाँ, खानेपानी फिल्ट्रेसन तथा पाइप सुधार कार्य, खेला तथा घाट सुधार, पर्ती जग्गा संरक्षण तथा सीमांकन, सडक बत्ती जडान तथा मर्मत, माटो परीक्षण तथा सम्भाव्यता अध्ययनको लागि रु. १ करोड ५४ लाख २१ हजार रुपैयाँ र भक्तपुरको कला संस्कृति, इतिहासलगायतका विषयमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसीपसँगै अध्ययन अनुसन्धानको लागि अनुदान र विश्वविद्यालय तहमा इतिहास, भूगोल, नेपालभाषा, संस्कृति पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गर्ने बजेटमा उल्लेख छ ।

भक्तपुर नगरपालिकाले शैक्षिक ऋण वितरणको लागि रु. ३ करोड, पुरानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीहरूलाई मोहडाका लागि इँटा र काठमा लाग्ने खर्च र झिंगटी छाना निर्माणमा लाग्ने कूल लागत रकमको ३५ प्रतिशत अनुदान दिने कार्यलाई निरन्तरता दिएको छ ।

विनियोजित बजेटमा शिक्षा तथा संस्कृति क्षेत्रमा कूल बजेटको २०.९० प्रतिशत छ्ट्याएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रमा ७.६९ प्रतिशत, सम्पदासंरक्षण तथाविकास निर्माणमा २३.१५ प्रतिशत, फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ६.५० प्रतिशत, महिला–बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा १३.५७ प्रतिशत, युवा तथा खेलकुदको क्षेत्रमा १.८४ प्रतिशत, कृषि क्षेत्रमा ०.४५ प्रतिशत र खानेपानी क्षेत्रमा ०.९८ प्रतिशत विनियोजन गरिएको छ । साथै नगरभित्रका सामुदायिक विद्यालयहरूमा बालविकास सहजकर्ता (ईसीडी शिक्षक) को कार्य मूल्यांकन गरी प्रति व्यक्ति प्रति महिना रु. ४०००।–का दरले तथा नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत पूर्व प्रावि तहका विद्यार्थीहरूलाई दिवा खाजाबापत अनुदान रकम नगरपालिकाले आफ्नै स्रोतबाट व्यहोर्ने बन्दोबस्त बजेटमा उल्लेख छ ।

आ.व. २०७७/७८ को अनुमानित बजेट भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले प्रस्तुत गर्नुभएको थियो । नगरसभाको अर्को बैठक असार १२ गते शुक्रबार दिनको १ बजे गते बस्ने गरी स्थगित भयो ।

भक्तपुर नगरपालिकाको सातौं नगरसभाको बैठकमा बुधबार उपप्रमुख रजनी जोशीले प्रस्तुत गर्नुभएको भक्तपुर नगरपालिकाको आ.व. २०७७/७८ को अनुमानित बजेटको पूर्णपाठ:

यस भक्तपुर नगरपालिकाको सातौं नगरसभाका सभाध्यक्षज्यू, नगरसभा सचिवज्यू एवं सम्पूर्ण नगर सभासदज्यूहरु,
सर्वप्रथम विभिन्न जनआन्दोलन र संघर्षहरुमार्फत जनताको अधिकार सुनिश्चित गर्ने क्रममा जीवन बलिदान गर्नुभएका प्रातः स्मरणीय शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गदछौं । साथै जनआन्दोलनमा घाइते हुनुभएका, प्रवास र भूमिगत भएर राजनैतिक र सामाजिक परिवर्तनमा महत्वपूर्ण योगदान गर्नुभएका योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछौं ।
विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) रोगको संक्रमण नेपालमा पनि दिनानुदिन बढिरहेको अवस्थामा यस रोगको जोखिम न्यूनीकरणका लागि अग्रमोर्चामा संघर्ष गरिरहनुहुने सबै स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मीलगायत यस नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुप्रति उच्च सम्मान व्यक्त गर्दछौं ।
स्थानीय तह निर्वाचन २०७४ मा नेपाल मजदुर किसान पार्टीको तर्फबाट हामी जनप्रतिनिधिहरुले नगरबासीमाझ घोषणाापत्रमार्फत प्रतिवद्धता व्यक्त गरे अनुसार निरन्तर जनताको सेवा गरिरहेका छौं । ऐतिहासिक नगरी भक्तपुरलाई सफा, सुन्दर, स्वस्थ र सभ्य नगरको रुपमा विकास गर्ने तथा शिक्षा र स्वास्थ्य उपचारको क्षेत्रमा र भक्तपुरलाई आन्तरिक एवं बाह्य पर्यटकहरुका लागि उत्कृष्ट गन्तव्यस्थल बनाउने लक्ष्यसहित हामी अघि बढिरहेका छौं ।
सभाध्यक्ष महोदय,
भक्तपुर नगरपालिकामा हामी जनप्रतिनिधि बहाली भएको चौथो आर्थिक वर्ष २०७७÷७८ को बजेट पेश गर्दै गर्दा यस आर्थिक वर्षको बजेटमा विश्वभरि नै आतंकित बनाएको कोरोना भाइरस (कोभिड १९) रोगको महामारीको असर परेको छ । यस महामारीको कारणले देशभर ३ महिनासम्म बन्दाबन्दी रह्यो र अहिले सरकारले बन्दाबन्दीलाई केही खुकुलो पारेको अवस्था मात्र हो । यस्तो विषम परिस्थितिमा यथासम्भव जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्ने लक्ष्यसहितको बजेट निर्माण गर्ने प्रयास गरेका छौं । प्रतिकूल अवस्थाका कारण हामीले प्रक्षेपण गरे अनुरुप कर उठाउन नसकेको अवस्थामा हरेक क्षेत्रमा मितव्ययीता अपनाई यस आर्थिक वर्षको बजेट निर्माण गरेका छौं ।
चालू आ.ब. २०७६÷७७ का लागि नगरपालिकाले विनियोजन गरेको वार्षिक आय र व्ययको संक्षिप्त समीक्षा प्रस्तुत गर्दछु ः

आयतर्फ ः
यस नगरपालिकाको चालू आ.ब.का लागि कूल बजेट २ अर्ब १३ करोड १० लाख रुपैया विनियोजन गरिएको थियो । आयतर्फ बाह्य स्रोतबाट जम्मा १ अर्ब २२ करोड ४० लाख आम्दानी हुने अनुमान गरिएकोमा २०७७ जेठ मसान्तसम्ममा जम्मा ८२ करोड ३४ लाख ४९ हजार आम्दानी भयो जुन अनुमान गरिएकोको ६७.३६ प्रतिशत हुन आउँछ । चालू आ.व.को असार मसान्तसम्ममा बाह्य स्रोतबाट ९१ करोड ६० लाख ९४ हजार आम्दानी हुने संशोधित अनुमान छ, जुन ७४.८४ प्रतिशत हुन आउँछ ।
नगरपालिकाद्वारा संचालित आवास योजना समयमै सम्पन्न गर्ने हेतुले नगरपालिकाले चालू आ.व.मा ऋण सहयोगवापत रु.२५ करोड आम्दानी गर्ने लक्ष्य राखिएकोमा आयोजनासंग रहेको बाँकी मौज्दातबाट नै कार्य संचालन भएको हुँदा ऋण लिन आवश्यक भएन ।
आन्तरिक स्रोततर्फ नगरबासीहरुबाट विभिन्न कर दस्तुरवापत उठ्ने रकम र पर्यटक सेवा शुल्कमार्फत संकलन हुने रकम समेत कूल रकम ४२ करोड तथा नगरपालिकाको स्वामित्वमा रहेको जग्गा विक्रीबाट आउने रकम २० करोड गरी जम्मा ६२ करोड रुपैया आम्दानी हुने अनुमान गरिएकोमा चालू आ.व.मा नगरपालिकाको स्वामित्वमा रहेको जग्गा विक्री गरिएन । २०७७ जेठ मसान्तसम्ममा आन्तरिकतर्फ २६ करोड २८ लाख ५५ हजार रुपैया आम्दानी भयो जुन अनुमानितको ४२.४० प्रतिशत हुन आउँछ । कोभिड–१९ रोगको महामारीको जोखिमलाई मध्यनजर गरी नेपाल सरकारले देशभरि बन्दाबन्दी (लकडाउन) लागू गरेको कारण पर्यटकहरुको आवागमन ठप्प भयो । पर्यटन क्षेत्रको हकमा विश्वभर नै नकारात्मक असर परेको अवस्थामा भक्तपुर नगरपालिका पनि अछुटो रहेन । फलस्वरुप पर्यटन शुल्क ३० करोड रुपैया आम्दानी हुने अनुमान गरिए पनि चालू आ.व.को जेठ मसान्तसम्ममा १७ करोड २४ लाख ६५ हजार मात्र आम्दानी भयो ।
चालू आ.व.को जेठ मसान्तसम्म नगरपालिकाको बाह्य तथा आन्तरिक स्रोतबाट कूल १ अर्व ८ करोड ६३ लाख ४ हजार आम्दानी भयो भने असार मसान्तसम्ममा १ अर्व १८ करोड ३५ लाख ९४ हजार आम्दानी हुने संशोधित अनुमान छ ।

व्ययतर्फ
चालू अन्तर्गत ः
चालू आ.ब. २०७६÷७७ का लागि चालूतर्फ ९९ करोड ८० लाख रुपैया विनियोजन गरिएकोमा जेठ मसान्तसम्ममा ७० करोड ९३ लाख १७ हजार अर्थात ७१.०६ प्रतिशत खर्च भयो । चालू आ.व.को असार मसान्तसम्ममा चालूतर्फ ७७ करोड ३८ लाख १ हजार खर्च भई चालूतर्फको कूल विनियोजित व्ययको ७७.४५ प्रतिशत खर्च हुने संशोधित अनुमान छ ।

पुँजीगत अन्तर्गत ः
चालू आ.व. २०७६÷७७ का लागि सम्पदा पुनः निर्माणतर्फ रु. ९ करोड ९४ लाख ३२ हजार विनियोजन गरिएकोमा जेठ मसान्तसम्ममा १२ वटा आयोजनाहरु सम्पन्न भई रु. १ करोड १८ लाख २८ हजार खर्च भयो र २० वटा योजना हाल संचालित छन् । चालू आ.व.को असार मसान्तसम्ममा सम्पदा पुनः निर्माणमा रु. ३ करोड ७४ लाख ९० हजार खर्च हुने संशोधित अनुमान गरिएको छ ।
चालू आ.व.मा नगरस्तरीय विकास निर्माणका योजनाहरुमा रु. २ करोड ४९ लाख ४४ हजार खर्च भएको छ भने असार मसान्तसम्ममा थप ४६ वटा योजनाहरु संचालन भई छ करोड २३ लाख २३ हजार खर्च हुने संशोधित अनुमान छ ।
चालू आ.व.मा वडास्तरीय योजनाको लागि दशवटै वडामा ५० लाखको दरले ५ करोड रुपैयाँ विनियोजन भएकोमा जेठ मसान्तसम्ममा सबै वडामा अधिकांश वडास्तरीय योजनाहरु सम्पन्न भई ४ करोड ९२ लाख रुपैया अर्थात ९८.४० प्रतिशत खर्च भएको छ ।
सडक बोर्ड अन्तर्गत दशवटै वडामा सडक मर्मतका लागि रु. १ करोड विनियोजन गरिएकोमा जेठ मसान्तसम्ममा ७४ लाख ५७ हजार खर्च भएको छ भने असार मसान्तसम्ममा सबै योजना सम्पन्न भई शत प्रतिशत खर्च हुने संशोधित अनुमान छ ।
नगरवासी ज्येष्ठ नागरिक, एकल महिला, अशक्त अपांगता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि संघीय सरकारबाट चालू आ.व.मा १७ करोड ६५ लाख बजेट विनियोजन भएकोमा वडा कार्यालयहरुमार्फत चालू आ.व.मा तीन किस्तामा सामाजिक सरक्षा भत्ता वितरण गर्दा जम्मा १८ करोड ५३ लाख ९७ हजार अर्थात १०४.९७ प्रतिशत खर्च भई नपुग रकम संघीय सरकारबाट सोधभर्ना माग गरिएको छ ।
नगरपालिका अन्तर्गत विभिन्न विषयगत समितिहरुका लागि चालू आ.व.मा रु. ८ करोड ९ लाख विनियोजन गरिएकोमा जेठ मसान्तसम्ममा ३ करोड ५४ लाख ९५ हजार अर्थात ४३.८७ प्रतिशत खर्च भयो ।
सशर्त अन्तर्गत २६ करोड ४५ लाख रुपैया बजेट विनियोजन गरिएकोमा जेठ मसान्तसम्ममा कूल १९ करोड ९९ लाख ७९ हजार अर्थात ७५.६० प्रतिशत खर्च भयो ।
यस हिसावले चालू आ.व.मा पुँजीगततर्फ कूल रु. १ अर्व १३ करोड ३० लाख रुपैंयामध्ये विकास निर्माण र सम्पदा पुनः निर्माणतर्फ रु. ७२ करोड ९१ लाख १० हजार विनियोजन गरिएकोमा जेठ मसान्तसम्ममा यथार्थ खर्च ४८ करोड २१ लाख ९५ हजार खर्च भयो । चालू आ.व.को असार मसान्तसम्ममा पुँजीगततर्फ रु. ५१ करोड ७६ लाख ६२ हजार खर्च भई खर्च ७०.९९ प्रतिशत हुने संशोधित अनुमान छ ।
सभाध्यक्ष महोदय,
यस गरिममामय नगरसभामा आर्थिक वर्ष २०७७।७८ का लागि नगरपालिकाको वार्षिक बजेट पेश गर्ने अनुमति चाहन्छु ।
आ.व. २०७७।७८ का लागि यस नगरपालिकाको आर्थिक विधेयक २०७७ र विनियोजन विधेयक २०७७ को विस्तृत विवरण एवं स्वीकृत योजनाहरु अनुसूची १, २ र ३ मा समावेश गरिएको छ ।
नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको जग्गा विक्रीसमेत गरी आ.ब. २०७७÷७८ को लागि रु. १ अर्ब ८२ करोड ४० लाख अनुमान गरिएको छ ।
आयतर्फ ः
आ.व. २०७७÷७८ का लागि बाह्य स्रोतबाट जम्मा ९९ करोड २९ लाख २४ हजार आम्दानी हुने अनुमान गरिएको छ । जसमध्ये संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान शीर्षकमा ५४ करोड ४५ लाख अनुमान गरिएको छ भने सामाजिक सुरक्षा भत्तावापत २३ करोड र सडक बार्डमार्फत ५० लाख आम्दानी हुने अपेक्षा गरिएको छ ।
बागमती प्रदेश सरकारबाट यस नगरपालिकामा वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान शीर्षकमा जम्मा ६ करोड ५४ लाख २२ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
संघ तथा प्रदेश सरकारबाट मालपोत तथा सवारी करवापत राजश्व बाँडफाटबाट १४ करोड ९० लाख २ हजार आम्दानी हुने अनुमान गरिएको छ । त्यस्तै जिल्ला समन्वय समिति, भक्तपुरबाट ४ करोड रुपैया प्राप्त हुने अनुमान गरिएको छ ।
आगामी आ.व.का लागि नगरपालिकाबाट संचालित देको मिवा इतापाके जग्गा एकीकरण आयोजना समयमै सम्पन्न गर्ने हेतुले २५ करोड रुपैया बैंक ऋण प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै आन्तरिक आयतर्फ नगरवासीहरुबाट विभिन्न शीर्षकमा कर दस्तुरवापत उठ्ने रकम, व्यवसाय कर, पर्यटकहरुबाट उठ्ने रकमलगायतबाट ३३ करोड ३९ लाख र नगरपालिकाको जग्गा विक्रीबाट १३ करोड गरी कूल ४६ करोड ३९ लाख रुपैया आम्दानी हुने अनुमान गरिएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण समग्र अर्थतन्त्रमा मात्र नभई नगरवासीहरुको आर्थिक कृयाकलापमा पनि गम्भीर नकारात्मक प्रभाव परेको वर्तमान अवस्थालाई मध्यनजर गरी यो आर्थिक वर्षमा आन्तरिकतर्फ आयको स्रोत अनुमान गर्ने सन्दर्भमा नगरवासीहरुको राय सुझाव तथा स्थानीय राजस्व परामर्श समितिको सिफारिस समेतलाई आधार मानी साविकको करका शीर्षकहरुमध्ये अधिकांशमा यथावत नै राखिएको छ । केही आवश्यक करका शीर्षकहरुको दर तथा दायरामा संशोधन तथा थप प्रस्ताव गरिएको छ । करको दर पुनरावलोकन गर्दा नगरवासीहरुलाई कम मात्र आर्थिक भार पर्ने गरी सहुलियत र छुट दिन सकिने कुराहरुलाई ध्यान दिइएको छ ।
व्ययतर्फ ः
२०७७ असार ७ गते प्रस्तुत तथा असार ९ गते नगरसभाबाट पारित गरिएको नीति तथा कार्यक्रमको आधारमा चालू र पुँजीगत खर्च गरी निम्न शीर्षकहरुमा रु. १ अर्ब ८२ करोड ४० लाखको कूल बजेट विनियोजन गरिएको छ ।
चालूतर्फ खर्चका लागि ३९ करोड ८९ लाख ७६ हजार रुपैया विनियोजन गरिएको छ । यसमध्ये प्रकोप व्यवस्थापन कोषका लागि ५० लाख रुपैयासमेत व्यवस्था गरिएको छ । स्थानीय तह सशर्त चालू खर्चतर्फ विभिन्न शीर्षकमा ३४ करोड ३ लाख १३ हजार रुपैया, सामाजिक सुरक्षा भत्तामा २३ करोड र नगरपालिका अन्तर्गत गठित विभिन्न समिति खर्च शीर्षकमा ८ करोड ७४ लाख रुपैया विनियोजन गरिएको छ । यस हिसावले कूल चालू खर्चका लागि रु. १ अर्ब २ करोड ६६ लाख ८९ हजार रुपैया विनियोजन गरिएको छ ।
कोभिड–१९ रोग संक्रमणको विषम परिस्थितिमा नगरपालिकाको चालू खर्चलाई मितव्ययी बनाउने प्रयास गरिएको छ । नगरपालिकाका जनप्रतिनिधिहरुले यो आर्थिक वर्षमा नगरपालिकाको खर्चमा विदेश भ्रमण नगर्ने र देशभित्रका विभिन्न जिल्लामा भ्रमण गरिँदाको भ्रमण भत्ता तथा समितिहरुको बैठक भत्ता आधा घटाउने समेत व्यवस्था गरेका छौं । त्यस्तै नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई पनि चालू आ.व.सम्म दिइँदै आएको खाजा भत्ता र पोशाक भत्तावापतको रकम वर्तमान संवेदनशील अवस्थालाई मध्यनजर गरी नेपाल नगरपालिका कर्मचारी एसोसियसन भक्तपुर नगरपालिका एकाई समितिको तर्फबाट यो वर्ष नलिने निर्णय गरिएको जानकारी समेत प्राप्त भएको यस सम्मानित नगरसभामा प्रस्तुत गर्दछौं । यसबाट नगरपालिकाको चालू खर्चमा रु. १ करोड २६ लाख रुपैया बचत हुने देखिन्छ । नगरपालिकाका सबै कर्मचारीहरु तथा नेपाल कर्मचारी एसोसियसन भक्तपुर नगरपालिका एकाइ समिति परिवारलाई धन्यवाद ज्ञापन गर्दछौं ।
आ.व. २०७७÷७८ का लागि पुंजीगततर्फ रु ७९ करोड ७३ लाख ११ हजार विनियोजन गरिएको छ जसमध्ये नगरपालिकाद्वारा संचालित देको मिवा इटापाके जग्गा एकीकरण आयोजना समयमै सम्पन्न गर्न २५ करोड रुपैया विनियोजन गरिएको छ । नगरपालिकाबाट विगत वर्षदेखि संचालित क्रमागत विकास योजनाहरु सम्पन्न गर्न यो वर्ष १५ करोड २५ लाख रुपैया विनियोजन गरिएको छ, जसमा निर्माणाधीन ख्वप अस्पताल भवनका लागि १० करोड २० लाख रुपैया एवं संघीय तथा वागमती प्रदेश सरकारबाट समपूरक र विशेष अनुदानका लागि छनौट गरिएका योजनाहरुका लागि २ करोड ५० लाख रुपैया समेत समावेश गरिएको छ । सम्पदा पुनः निर्माण अन्तर्गतका क्रमागत योजनाहरु संचालनका लागि यो वर्ष रु. ५ करोड ५ लाख विनियोजन गरिएको छ । नगरपालिकाद्वारा संचालित तुमचो दुगुरे जग्गा एकीकरण आयोजनाको कार्यालय यो वर्षदेखि बन्द गरिनेछ । त्यस क्षेत्रका केही क्रमागत योजनाहरु सम्पन्न गर्न यो वर्ष २ करोड रुपैया बजेट विनियोजन गरिएको छ ।
यो वर्ष ठूलो आकारको बजेट खर्च हुने र बहुवर्षीय योजनाहरुभन्दा एकै वर्षमा सम्पन्न हुने र छिटो प्रतिफल प्राप्त गर्न सकिने नयाँ योजनाहरुलाई प्राथमिकता क्रममा राखिएको छ । नगरपालिकाको आप्mनै स्रोतबाट संचालन हुने र संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने समपूरक एवं विशेष अनुदानका योजनाहरु संचालन गर्न यो वर्ष २० करोड ९५ लाख रुपैया विनियोजन गरिएको छ । त्यस्तै वडास्तरका योजनाहरु संचालन गर्न विगत वर्षझैं यो वर्ष पनि प्रति वडा रु. ५० लाखको दरले जम्मा ५ करोड रुपैया र सडक बोर्ड अन्तर्गतका योजनाहरु संचालन गर्न १ करोड रुपैया विनियोजन गरिएको छ ।
चिकित्साशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र लगायतका विषयहरुमा उच्च शिक्षा अध्ययन गर्न चाहने र अध्ययरत नगरवासी विद्यार्थीहरुका लागि नगरपालिकाले विगत वर्षदेखि शैक्षिक ऋण वितरण गर्दै आएकोलाई यो वर्ष पनि निरन्तरता दिंदै यसका लागि ३ करोड रुपैया विनियोजन गरिएको छ । त्यस्तै भक्तपुरको कला, वास्तुकला, संस्कृति, इतिहास, वातावरण, सरसफाइ, पर्यटनलगायतका विषयमा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुलाई इन्टर्नशीपसंगै अध्ययन अनुसन्धान गर्न चाहनेहरुका लागि अनुदान दिने र विश्वविद्यालय तहमा इतिहास, भूगोल, नेपाल भाषा, संस्कृति पढ्ने विद्यार्थीहरुलाई नगरपालिकाको तर्फबाट छात्रवृत्तिको लागि पनि बजेटको व्यवस्था गरिएको छ ।
पुरानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीहरुलाई मोहडाका लागि इटा र काठमा लाग्ने खर्च र झिंगटी छाना निर्माणमा लाग्ने कूल लागत रकमको ३५ प्रतिशत नगरपालिकाको तर्फबाट अनुदान दिने कार्यलाई यो वर्ष पनि निरन्तरता दिइएको छ र यसका लागि ५० लाख रुपैया विनियोजन गरिएको छ । ख्वप एफएम र ख्वप टेलिभिजनको रेकर्डिङ स्टुडियो निर्माणका लागि यो वर्ष ५० लाख रुपैया विनियोजन गरिएको छ ।
खानेपानी फिल्ट्रेसन तथा पाइप सुधार कार्य, खोला तथा घाट सुधार, पर्ती जग्गा संरक्षण तथा सिमांकन, सडक बत्ती जडान तथा मर्मत, माटो परीक्षण तथा सम्भाव्यता अध्ययन कार्य लगायतका लागि १ करोड ५४ लाख २१ हजार रुपैया विनियोजन गरिएको छ ।
यस हिसाबले कुल बजेटको चालू खर्चतर्फ ५६.२९ प्रतिशत र पुँजीगत खर्चतर्फ ४३.७१ प्रतिशत विनियोजन गरिएको छ ।
सभाध्यक्ष महोदय,
नगरपालिकाले आ.व. २०७७÷७८ का लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेका शीर्षकहरु देहाय बमोजिम रहेको सम्मानित नगरसभामा जानकारी गराउँदछौं ः
– शिक्षा तथा संस्कृति क्षेत्रमा (नगरपालिकाद्वारा संचालित कलेजहरुको बजेटबाहेक) ः ३८ करोड १२ लाख ३० हजार रुपैया (२०.९० प्रतिशत)
– स्वास्थ्य क्षेत्रमा (नगरपालिकाद्वारा संचालित जनस्वास्थ्य केन्द्रहरुको बजे६बाहेक) ः १४ करोड २ लाख रुपैया (७.६९ प्रतिशत)
– सम्पदा संरक्षण तथा विकास निर्माणको क्षेत्रमा ः ४२ करोड २३ लाख ११ हजार रुपैया (२३.१५ प्रतिशत)
– फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ः ११ करोड ८५ लाख ६८ हजार (६.५० प्रतिशत)
– महिला, वालवालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा ः २४ करोड ७६ लाख रुपैया (१३.५७ प्रतिशत)
– युवा तथा खेलकुदको क्षेत्रमा ः ३ करोड ३६ लाख रुपैया (१.८४ प्रतिशत)
– कृषि क्षेत्रमा ः ७४ लाख रुपैया (०.४५ प्रतिशत)
– खानेपानी क्षेत्रमा ः १ करोड ८९ लाख २१ हजार (०.९८ प्रतिशत)
– नगरभित्रका सामुदायिक विद्यालयहरुमा वालविकास सहजकर्ता (इसीडी शिक्षक) हरुको कार्य मूल्यांकन गरी प्रति व्यक्ति प्रतिमहिना रु.४०००।– का दरले थप पारिश्रमिक तथा नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा अध्ययनरत पूर्व प्रावि तहका विद्यार्थीहरुलाई दिवा खाजावापत अनुदान रकम नगरपालिकाको आप्mनै स्रोतबाट व्यहोर्ने बन्दोबस्त गरिएको छ ।
यस नगरपालिकाले प्रस्ताव गरेका योजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्दा संघ र प्रदेश सरकारका कार्यक्रमहरुसंग दोहोरो नपर्नेगरी समन्वय गरी पारदर्शी एवं जवाफदेही हिसावबाट कार्यान्वयनको व्यवस्था गर्नेछौं । यस नगरपालिकामा काम गर्न इच्छुक संघसंस्था तथा विकास साझेदारहरुबाट प्राप्त सहयोग रकमलाई नगरपालिकामार्फत नै एकद्वार प्रणालीबाट कार्यान्वयनको व्यवस्था मिलाइएको छ ।
अन्त्यमा, आ.व. २०७७।७८ का लागि यस नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा आप्mनो अमूल्य सुझाव दिनुहुने सम्पूर्ण नगरवासी, संघसंस्था तथा कार्यालयहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
धन्यवाद ।