असार २,
भक्तपुर । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३६ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । सोमबार प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले असार महिनाको तलब भत्ता खानेगरि एसपीको सरुवा गरेका हुन् ।सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीमा महानगरीय ट्राफिक महाशाखाका एसपी जीवन श्रेष्ठलाई पठाइएको छ । यस्तै मोरङमा सन्तोष खड्का, कपिलवस्तुमा नवराज अधिकारी, इलाममा नविनराज राई, भक्तपुरमा तारादेवी थापा, बाँकेमा ओम बहादुर राना र तनहुँमा अरुण पौडेलको सरुवा भएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय पाल्पामा दिपक खरेलको सरुवा भएको छ । यसअघि खरेल सशस्त्र प्रहरी गण नम्बर १ प्रहरी मुख्यालय नक्सालमा कार्यरत थिए ।
https://drive.google.com/file/d/1N1M9fY6HPsAoYlbCYBH2QsjWL5lilc3a/view