भक्तपुरकी गर्भवती महिलामा कोरोना पोजेटीभ

184
Bhaktapur District Map

जेठ २०,
भक्तपुर । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन अनुसार नेपालमा थप २ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा भक्तपुरकी एक ३० वर्षकी गर्भवती महिला समेत रहेकी छिन् । चाँगुनारायण नगरपालिका वडा नम्बर–३ मा स्थायी बसोबास रहेकी उनी स्वास्थ्य जाँचकालागि सिंगामंगल स्थित काठमाडौं मेडिकल कजेलमा जाने गरेको पुष्टी भएको छ । बैशाख २२ गते जचाउन गएकी महिला पूनः जेठ ५ गते भिडियो एक्सरे गर्न भनेर अस्पताल गएको परिवारका सदस्यले वडाअध्यक्ष श्यामसुन्दर धिमाललाई जानकारी दिएका छन् । उनी भोली पल्ट ६ गतेपनि अस्पताल गएको वडाअध्यक्ष धिमालले बताए ।

जेठ ८ र १५ गतेपनि अस्पतालमा गएको देखिन्छ, वडाअध्यक्ष धिमालले भने ‘उनको शल्यक्रिया गरेर बच्चा जन्माउनु पर्ने अवस्था रहेछ ।’ ‘उनलाई अस्पतालका डाक्टरले पहिला पीसीआर टेष्ट गरेरमात्र अपरेशन गरौं भनेर सल्लाह गरेका रहेछन्, त्यसपछि १५ गते गरिएको परिक्षणको रिर्पोट आज मंगलबार आउदाँ पोजेटीभ देखिया’े वडाअध्यक्ष धिमालले भने ।
संक्रमति महिला दोस्रो सन्तान सन्तानलाई जन्म दिने तयारीमा थिइन् । यो महिनामानै उनको बच्चा जन्मने मिति चिकित्सकले तय गरेको समेत बुझिन्छ ।
उनका श्रीमान र घर अन्य सदस्य समेत कहीँ कतै नगएकाले अस्पतालबाटनै कोरोना सरेको वडाअध्यक्ष धिमालको भनाई छ । हाल संक्रमित महिलाका घरका सदस्यहरुको पीसीआर परिक्षणको तयारी भइरहेको र उक्तस्थान वरपर शिल गर्न प्रहरीलाई सूचना दिइसकेको समेत वडाअध्यक्ष धिमालले बताएका छन् ।