‘बजेटले समाजमुखी विकासको ढाँचालाई आत्मसात गर्न सकेन्’

384

जेठ १८,
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का सांसद नारायणकाजी श्रेष्ठले प्रकृतिमैत्री र समाजमुखी विकासको ढाँचालाई बजेटले आत्मसात गर्न नसकेको बताएका छन् । राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा श्रेष्ठले यस्तो बताएका हुन् । विश्व कोरोना महामारीसँग जुधिरहेको अवस्थामा आएको बजेटले कोरानाको प्रभाव र आर्थिक जीवनमा पर्ने प्रभावका विषयमा राहत ल्याउन नसकेको बताए ।

उनले भने, ‘विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाले हाम्रो जीवन दृष्टिकोणमा, हाम्रो विकासको ढाँचामा र हाम्रो सामाजिक, आर्थिक राजनीतिक प्रणालीमा हामीले विश्वव्यापी रुपमा बहस भइराखेको देखेका छौं । नयाँ विश्व व्यवस्थातिर पनि बहस हुँदै छ । तर अहिलेको हाम्रो अर्थमन्त्री जीले पेश गर्नुभएको बजेटमा यसको सामान्य संकेत पनि छैन् । हामीले प्रकृतिमैत्री र समाजमुखी विकासको ढाँचाअनुरुप अगाडि बढ्ने कुरालाई प्रस्ट आत्मसात गरी अगाडि बढने प्रस्टता हासिल गर्नुपथ्र्यो, बजेटमा त्यो ढंगले अगाडि बढ्ने प्रतिवद्धता आउनुपथ्र्यो ।’ -ratoapti