सकियो परीक्षण किट: भारतबाट फर्किनेको भिड

133

जेठ १६,
सुर्खेत । भारतबाट फर्किनेको संख्या बढिरहेको बेला कर्णाली प्रदेशमा कोरोना संक्रमण परीक्षण गर्ने किट अभाव भएको छ ।तत्काल किट खरिद नगरे परीक्षण नै प्रभावित हुने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । अहिले सुर्खेतको प्रयोगशालामा थ्रोट स्वाबको नमूना संकलन गर्ने भाइरस ट्रान्सपोर्ट मिडियम ९भीटीएम० र प्रोसेसिङ गर्ने सामग्रीकोे अभाव छ । प्रदेश सरकारले बबई नाकाबाट प्रवेश गर्ने सबैको आरडीटी विधिबाट कोरोना परीक्षण गर्ने निर्णय गरे पनि किट सकिएपछि अन्योल थपिएको छ ।अनुमान गरेभन्दा धेरै नागरिकको परीक्षण गर्नु परेपछि किटको अभाव भएको प्रदेश स्वास्थ्य सेवा निर्देशक रीता भण्डारीले बताइन् । किटले मुश्किलले एक(दुई दिन मात्रै धान्ने उनको भनाइ छ ।

कर्णालीमा बिहीबारसम्म १२ हजार १२७ जनाको आरडीटी र ६ हजार १९२ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।यही जेठ ३ गतेयता मात्रै मुख्य नाका बबई हुँदै १८ हजार ३०४ जना कर्णालीमा भित्रिएका छन् । उनीहरु सबै भारतबाट फर्किएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । हालसम्म पहिचान भएका कर्णालीका सबै संक्रमित भारतबाटै आएका हुन् ।

अहिले पनि भारतबाट दैनिकजसो चार हजार भन्दा बढी संख्यामा नागरिकहरु कर्णाली प्रवेश गरिरहेका छन् । नाकाबाट प्रवेश गर्नेको संख्या बढेसँगै प्रदेश सरकारलाई व्यवस्थापन गर्न हम्मे(हम्मे परेको छ ।
व्यवस्थापनमा समस्या भएपछि शुत्रबार बसेको प्रदेश विपद व्यवस्थापन समितिको बैठकले भारतीय सीमा नाकामै परीक्षणको व्यवस्था मिलाउन नेपाल सरकारसँग माग गरेको छ ।भारतबाट फर्किने नागरिकको संख्या ठूलो भएकोले मन्त्रिपरिषदको बैठकले पनि महामारी रोकथाम गर्न भन्दै नेपाली सेना परिचालनको अनुमति मागेको छ । अनलाइन खबर