केही मुक्तकहरु…..

316

-रमेश घिमिरे ‘कर्मशील’

१. प्रेम नामक बिमारिको असर देखिँदैछ ।
जातिवाद र अतिवादको जहर देखिँदैछ ।
कति सम्म गिर्न सक्छन् मान्छेहरु यहाँ
यो समाजको चेतनाको स्तर देखिँदैछ ।

२.
सुध्रिन्छ कि भनी धेरै पर्खियो मान्छेलाई ।
लाग्छ अब ठुलै सत्रु सम्झियो मान्छेलाई ।
ब्रह्माण्ड नै बसमा पार्छु भन्ने सोच्दै थियो
प्रकृतिले क्या चुनौती दियो मान्छेलाई ।

३.
कताबाट प्रहार गर्छ नदेखिने रैछ ।
के सोच्दै छ के गर्दै छ नबुझिने रैछ ।
दुनियाँनै विपक्षमा भए जितिएला बरु
आफ्ना सँग कसै गरे नसकिने रैछ ।

४.
हिजो अस्ति आज शासक गाद्दार उस्तै छ ।
युग बदलियो शासन गर्ने सरकार उस्तै छ ।
पन्चायतको अन्त्य भयो राजतन्त्र नि गयो
बदलियो अनुहार केबल बिचार उस्तै छ  ।।

५.
जहिल्यै पनि ठालुकै करकाप कहिलेसम्म ?
लुट्न छल्न जान्नेकै फलिफाप कहिलेसम्म ?
मान्छे त मान्छे भयो बलियोकै पछि लाग्छ
हे भगवान भन तिमि चुपचाप कहिलेसम्म ?

बनेपा-२, काभ्रेपलान्चोक