सीमा निरीक्षण गर्न गएको कि तिर्थयात्राः गगन थापा

462

बैशाख २८,
काठमाडौं । नेपाली काँग्रेसका सांसद गगन थापाले रक्षामन्त्री ईश्वर पोखरेलमाथि कटाक्ष गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा भारतले नेपाली भूमिमा बाटो बनाएको विषयमा सरकारलाई प्रश्न गर्दै केही महिना पहिले रक्षामन्त्री पोखरेलले गरेको सिमा निरीक्षण थियो कि तीर्थयात्रा भन्दै प्रश्न गरे ।

उनले भने–‘भारतको अतिक्रमणको घोर भत्सर्ना गर्दछु । केही समयअघि रक्षामन्त्रीले सो ठाउँको अवलोकन गर्नुभएको थियो । के त्यो तीर्थयात्रा थियो रु थिएन भने सरकारलाई उहाँले के बताउनुभयो रु र सरकारले त्यो बीचमा के काम ग¥यो रु भारतले त प्रष्ट भनिसक्यो, हामीले हाम्रो भूभागमा बनाएका हौँ, अब संक्रमण सकिएपछि तपाईहरुसँग छलफल गरौंला । के नेपालले अब रिग्रेड गरेर मात्र बस्ने हो वा हाम्रो भूमि तिमीहरुलाई दिँदैनौँ भनेर प्रतिरोध गर्ने हो ?’