१५ हजार नेपाली तत्काल स्वदेश फर्कन, सरकारको बाटो हेर्दै

257

बैशाख २६,
काठमाडौं । कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा कार्यरत करिब ४ लाख नेपाली कामदार स्वदेश फर्काउनुपर्ने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको छ । उनीहरूलाई तत्काल स्वदेश फर्काउने वातावरण मिलाउनुपर्ने अवस्था रहेको बोर्डले जनाएको छ । कोरोना भाइरस नियन्त्रण गर्न गरिएको लकडाउनको समय बढाएसँगै मलेसिया सरकारले अवैध रूपमा बसेर काम गर्दै आएका आप्रवासी श्रमिकमाथि धरपकड सुरू गरेको छ ।

२ साताअघि मलेसिया सरकारले अवैध विदेशी कामदार बसोबास गर्दै आएको शहरमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर धरपकड गरेको थियो । उक्त धरपकडमा करिब १ हजार ३ सय विदेशी कामदार पक्राउ परेको मलेसियाका सञ्चारमाध्यमले जनाएका थिए । धरपकडमा कुनकुन देशका कामदार पक्राउ परे भन्ने खुलाइएको छैन । मलेसिया सरकारले लकडाउनको समयमा विदेशी कामदारमाथि गरिएको धरपकडको चर्को विरोध भएपछि रोकिएको थियो । मलेसिया र कुवेत सरकारले लकडाउनका बेला अवैध रूपमा काम गर्दै आएका विदेशी कामदार लेखट्ने नीति लिएका छन् । नेपाली कामदारहरू श्रम अवधि सकिए पनि स्वदेश नफर्की रोजगारदाता देशमै लुकेर काम गर्दै आएका छन् ।