बैशाख २०,
भक्तपुर । कोरोना भाइरस संक्रमण रोक्न लगाइएको लकडाउनले धेरै मानिसलाई समस्या परेको छ । भक्तपुरमा सार्वजनिक यातायातमा चालक र सहचालकको काम गर्दै आएका यातायात मजदुरलाई शनिबार राहत वितरण गरिएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन भक्तपुर मिनिबस इकाइ कमिटीले मजदुरहरुलाई राहात बितरण गरेको प्रकाश बस्नेतले बताए । ७५ जना यातायात मजदुरहरुलाई केन्द्रिय अध्यक्ष भिमज्वाला राइ र महासचिब नबराज घिमिरेको उपस्थितमा राहात वितरण गरिएको थियो । राहतमा चामल, दाल, नुन, तेल, आलु, मस्यौरा प्रदान गरिएको थियो ।
बालकोटमा बस्नेलाई राहत
सुर्यविनायकका युवाहरुले बालकोटमा दैनिक ज्याला मजदुरी गरि खाने मजदुर र कोठाभाडामा बस्ने विद्यार्थीहरुलाई राहत वितरण गरेको छ ।
बालकोट युवा समुहले सुर्यविनायक नगरपालिका वडा नम्वर २ र ३ मा कोठाभाडामा बस्ने करिव ११ सय परिवारलाई टोल टोलमा पुगेर खाद्यान्न वितरण गरेको संयोजक रवी राणाले जानकारी दिए ।