लकडाउन एक साता लम्बिन सक्ने

126

बैशाख १३,
काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले चैत ११ यता जारी लकडाउनलाई एकसाता लम्ब्याउन सिफारिस गरेको छ । बैठकमा आवश्यक छलफल र समीक्षापछि समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेल लकडाउन एक साता लम्ब्याउने सिफारिससहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । समितिले छिमेकी देशहरु खास गरी भारतको अवस्था हेरेर लकडाउनलाई वैशाख २२ गतेसम्म लमब्याउने सिफारिस सरकारसमक्ष गरेको हो । समितिको सिफारिसपछि आवश्यक छलफल गरेर भोलि बस्‍ने मन्त्रिपरिषद्ले थप निर्णय लिनेछ । शनिबार सिंहदरबारमा समितिका पोखरेलको अध्यक्षतामा बसेको बैठकले आन्तरिक तथा बाह‍्‍य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो । यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई उडानमाथि रोक लगाइएको थियो । प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीका अनुसार शनिबार बसेको समितिको बैठकले जेठ २ (मे १५) सम्मका लागि सबैखाले उडानलाई लकडाउनमै राख्‍ने निर्णय गरेको हो ।