जेठ २ गतेसम्म हवाई उडान बन्द

387
सांकेतिक तस्विर

बैशाख १३,
काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु थप १५ दिन बन्द गर्ने निर्णय गरेको छ । .

शनिबार बसेको समिति बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु मे १५ तारिख अर्थात जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । यसअघि अप्रिल ३० सम्म उडानहरु बन्द थिए । समन्वय समितिले उडानहरु बन्द गर्ने निर्णय गरेपनि लक डाउनको विषयमा भने केही निर्णय नगरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद विडारीले बताए ।