-रमेश प्रजापति
इतिहासमा जति पनि मानव सभ्यताको इतिहास छन् । ती सबै संघर्षपूर्ण इतिहास हो । चाहे त्यो धर्मको इतिहास होस् चाहे त्यो राज्यको इतिहास होस चाहे त्यो विचारको इतिहास होस् । यी इतिहासहरु फरक समयमा फरक किसिमले प्रस्फुटन हुन्छ, भै राखेका छन् र हुँदै जान्छन । आज सारा विश्व कोरोना भाइरससँग लडिरहेको छ । पुनः एकचोटी यो संघर्ष महा विपत्तिको रुपमा प्रकट भईरहेको छ । आधुनिक विश्वलाई यो ठूूलो बाहक सिद्ध हुँदै छन् । यस्ले ठूला–ठूला महाराष्ट्रहरु शक्तिशाली देशहरुलाई चूनौतीका पहाडको रुपमा खडा भएको छ ।
मानव सभ्यतामा रोम, ग्रीस, चुङ, सिन्धु इन्का सभ्यता जस्तै समग्र इतिहास पछि गएर ४ वटा धर्ममा विभक्त भए ती हुन क्रिश्चियन, इस्लाम, हिन्दु र बुद्ध तपाई जुन सुकै धर्मका ठेलिहरु दर्शनहरु पल्टाए पनि त्यहाँ पृथ्वी ,जल,बायु,आकाश,अग्नि यी पाँच तत्वको वर्णन भेट्न सक्नु हुन्छ र फेरी ती सबै ती धर्मको पालक अथवा तिनीहरुकै नियन्त्रणमा रहेको कुराहरु पनि प्रशस्त उल्लेख गरिरहेका हामी पाउँछौं । तपाई बाइबल, कुरान, वेद र जातक सुत्रहरुमा धेरै पेजहरु यी पञ्चतत्व र मानवसँग यस्को सम्बन्धलाई लिएर गरेका असाध्यै मिहिन र राम्रो वर्णन गरेको हामी पाउँछौ ।
वास्तवमा यी सबै धर्म मानव सभ्यताका धेरै पछि विकास भए पनि सुत्रवद्ध रुपमा व्याख्या विश्लेषण गरिएको कारण हामी मध्ये कोहि पनि विस्तारै यि धर्महरु मध्ये कोहि न कोही केहि न केहि यस्को प्रभावमा पर्दै विस्तारै ती धर्मका वाणीहरु हाम्रो संस्कृतिसँग मिसिदै ती प्रभावहरु हाम्रा जिवन व्यवहारमा घुलन हुँदै गए र यति सम्म कि अहिले विश्वमा कुनै पनि समूदायका मानिसहरु यी मध्ये एउटा न एउटालाई आप्mनो पुर्खाको सम्पत्ति(नासो) को रुपमा हामिले यस्लाई ग्रहण गरि रहेकै हुन्छौं र दैनिक हाम्रो जिवनमा प्रयोग पनि गरिरहेकै हुन्छौं । यस्मध्ये दक्षिण अमेरिकादेखि अफ्रिका, ओसियाना राष्ट्रहरु पुरा युरोप क्रिश्चियनहरुको प्रभावमा परे ।
मध्यपूर्व र खाडी राष्ट्रहरु पश्चिम एसिया राष्ट्रहरु इस्लामको प्रभावमा परे भने पूूर्वी एसियन देशहरु बुद्धधर्मको प्रभावमा आए पनि दक्षिण एसियाका केहि देशहरु हिन्दु धर्मको प्रभावमा आए । यी चार प्रमुख धर्म समुदायका मानिसहरुको, सम्बन्ध कहि कतै साह्रै सुमधुर भएको पाउँछौ भने कति कतै असाध्यै सत्रुतापूर्ण सघर्षका घटनाहरु पनि भई राखेको कुरा हामीले देख्न सक्छौं ।
जसरी मानव समुदाय धर्ममा विभक्त भए त्यसै गरी वैचारिक रुपमा पनि मानव समाज विभाजित भएको हामी पाउँछौ । जस्तो कि धार्मिक परम्परामा आधारित राजतन्त्रात्मक सामन्ति व्यवस्था, श्रम र शोषणमा आधारित पूजिवादी व्यवस्था र समाजमा सबैको अधिकार सम्मान हुने समाजवादी व्यवस्था विशेषतः यी कुराहरको प्रमाणित विश्लेषण र यस्को ठोस रुपरेखा कार्लमाक्र्सले माक्र्सवादी सिद्धान्त प्रतिपादन गरे पछि मानव सभ्यताका सम्पूर्ण रुपरेखा यस्का परम्परागत ढाचा र बनौट अनि भविष्यमा यस्को भ्रुण र विकासबारे प्रकाश पारे विस्तारै विश्वका माथि उलिखित सम्पूर्ण धार्मिक सम्प्रदाय र पृथ्वी भरिका सबै देशहरुमा कुनै र कुनै रुपमा प्रभाव पा¥यो र पूरा विश्व २ खेमामा विभाजित हुन पुग्यो आज पनि धेरैवटा दक्ष यी दुई धु्रविय राजनितिक कोणमा आ–आफुलाई सर्बश्रेष्ठ हो भनेर प्रभाणित गर्ने होडमा केहि युद्ध र नर सहारको स्तर सम्म ओर्लिरहेको हामी पाउँछौ । ठिक यहि दौरान उलिखित धर्म र राजनिति भन्दा यस्तो एउटा नयाँ सुत्र आयो त्यो हो इलेक्ट्रिक र प्रविधिको सुत्र आज विश्वमा त्यस्तै यो सुत्रले कम्प्यूटर र स्मार्ट डिमाईसहरु बनाउन थाले अनि सम्पूर्ण विश्व यस्को साम्राज्यको अधिनमा रहे ।
यो प्रविधिले आज विश्व नै पूर्ण रुपमा निलिरहेको छ । समग्र विश्वको कृषि, अर्थ, भौतिक, नैतिक, जैविक, सैनिक तपाई हामीले देख्ने सम्पूर्ण वस्तुहरु हाम्रो जिवनको हरेक क्षण कुनै न कुनै रुपमा यस्को प्रभाव आई रहेका हुन्छन् जानेलाई खुर्पाको विड नजानेलाई लठ्ठी भने जस्तै आज जुन देश यस्को अधिक प्रयोग गर्छन ती देशहरुले कुनै धर्म र विचारले भन्दा पनि राम्रो प्रभूत्व जमाई आप्mनो छुट्टै साम्राज्य खडा गर्न सफल भएका छन् । जुन देशले यी प्रविधि प्रयोग गर्न जनिन ती देशहरु जतिसुकै पुरानो र इतिहासमा धनि भए पनि प्रभावहित हुँदै प्रविधियुक्त देशको आश्रीत देश वन पुगेको छन् ।
प्रविधिको यो युगबारे महान वैज्ञानिक स्टेफन हकिन्स भन्छन कि सबै कुराहरु समयले निर्धारण गर्छन तर समयलाई कस्ले निर्धारण गर्छ त भन्दा अनन्त सबै कुराहरु नष्ट र ध्वस्त हुन्छ । समयको पनि मृत्यु हुन्छ । स्टेफन हकिन्सको यो भनाईबाट हामीले के पाठ सिक्न जरुरी छ भन्दा माथि उल्लिखित चारवटा धार्मिक सम्प्रदाय, त्यसपछिका २ वटा राजनीतिक विचारधारा अहिले विकसित भई रहेको यो प्रविधिको युगको पनि अन्तः निश्चित छ ।
हरेक धार्मिक ग्रन्धहरु होस् माक्र्सवादी र मध्यमयुगी दर्शनका थेलीहरु हुन अनित्य र पदार्थ विचको सघर्षकै कारण एक वस्तु अर्को वस्तुमा रुपान्तरणको भौतिकवादी दृष्टिकोण सबैमा यहि सम्मान धारणा छ कि हामीले देखेका, भोगेका सम्पूर्ण कुराहरु नष्टवान छ त्यो नष्ट भएर अर्को रुपमा त्यो प्रकट हुन्छ र परिवर्तित अर्को वस्तुपनि नष्ट भएर अर्को रुपमा जन्मिन्छ यही चक्र नै हामीले जिवन चक्र भन्दै बुझ्दै आएका हौं । पुराना धार्मिक मान्यताहरुले परिवर्तन स्वाभाविक भनेका थिए भने भौतिकवादीहरुले बल प्रयोगको सिद्धान्त आविष्कार गरेका थिए भने प्रविधिविज्ञहरुले विद्यमान कुराहरुबाट नयाँ सुत्रहरु पहिल्याएर नयाँ नयाँ कुराहरुको(वस्तु) को आविष्कार गरिरहेका छन् । ठिक यसै गरी यो कोरोना भाईरक पनि कसैले सुत्रद्धारा उत्पाडिक भाईरस हो वा प्रकृतिमा विद्यमान जिव यो कुरा पछि खुल्दै जान्छन यी कुराहरुमा हामी साधारण जन स्तरभन्दा राज्यहरु विज्ञ वैज्ञानिकहरुले खोजविन र विचार विमर्श गर्नु हुने नै छ । यस्को औषधी पनि चाडै पत्ता लगाएर प्रभावित विश्वलाई राहत दिनुहुनेछ भने आशा र कामना गरौं ।
संसारमा सबै कुरा विद्यमान छन ऋषि, दार्शनिक, वैज्ञानिकहरुले केवल ती वस्तुहरु पहिल्याएका मात्र हुन । त्यहि भएर यो अनित्य संसारमा केहि कुराहरु पायो भने धेरै उद्धेलित हुने त्यो वस्तु प्रयोग गरेर शासन गर्ने थिच्ने मिच्ने घमण्ड धाक धम्की गर्ने होईन भन्ने कुरा यो भाइरसले देखाई सकेको छ । यि संसारको सबभन्दा शर्वशक्तिमान अमेरिका जस्ले मेक्सिको सिमानामा पर्खाल लगाउने चीनले ब्रम्हपुत्र(थ्बचगिलन) नदी फर्काउने रुसले अन्तरिक्षमा होटेल खोल्ने आदि कुराहरुले यी साना परिजिवीलाई रोक्न सकेन न त कुनै देशमा आक्रमण र हमला गरेरै नै यस्ले रोक्न सक्छ ? किन भन्दा यो प्रकृति प्रदन कुराहरु हुन यस्लाई अव हामीले विवेक प्रयोग गरेर रोक्न सक्नु पर्छ । न कि या बेला आरोप प्रत्यारोप र होच्चाउने दुबाउने न त कुनै धर्म, विचार र राजनीतिक स्वार्थपुरा गर्ने दिवास्वप्न जस्तो कि केहि दिन अगाडी सोसल मिडिया एकजना पाखण्डी पादरी चार्टिकला दिल्लि निजामुद्धिनमा कट्टर मुल्लाहरुको जिद्धिपन र बंगलादेशको शव दहनमा लाखौको सहभागी, हामै बझाङमा हदै पछौत्तेपनको प्रदर्शन र नेपाल पाकिस्तान लगायतमुलुक विरुद्ध भारतीय समाचार मिडियाहरुको घटिया र कुत्सीत अभिप्रायले कोरोनासँग युद्ध जित्न सकिन्न ।
यो कोरोना पनि जसरी हरेक वस्तु यहि धर्तिमा विद्यमान रहेको जस्तै यहिँ रहेको एउटा हानिकारक परिजिवि हुन् । यस्लाई हामी जति हेल च्रक्याई ग¥यौ, यस्ले पनि हामीलाई त्यत्तिकै हेलच्रक्याई गर्छन यो कुरा निश्चित छ । यस्लाई पनि हामी माया प्रेम गरौं । यस्लाई पनि उत्तिकै सदभापूर्ण तरिका लिऔं यसलाई द्धयसको हतियार नबनाऔं धमण्ड र पाखण्डीपन प्रदर्शन नगरौं यसो गरेमा मात्र हामी सम्पूर्ण मानव जगतको कल्याण हुन्छ । अन्यथा शून्यबाट शिर्जित सम्पूर्ण जगत स्टेफन हकिङ हाम्रो धर्मशास्त्र र राजनीतिक विचारहरुले वर्णन गरेको समय भन्दा चादै नै फेरि शून्यमा नै विलच हुने छ । सबैमा चेतना भया ।
-मध्युरठिमी, भक्तपुर