राहत वितरणमा सर्वदलीय समिति बनाउन काँग्रेसको माग

112

बैशाख ६,
काठमाडौं । राहत वितरणका लागि सर्वदलीय समिति बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले माग गरेको छ । शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीकण्ठमा बसेको काँग्रेस पदाधिकारी बैठकले राहत वितरणका क्रममा पक्षपात भएको निष्कर्षसहित सर्वपक्षीय समिति बनाउन माग गरेको हो । बैठकपछि काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने, ‘राहत वितरण गर्दा पक्षतापूर्ण भयो भन्दै विभिन्न जिल्लाबाट सूचना आएकोले राहत वितरणका लागि सर्वदलीय समिति बनाउनुपर्ने निर्णय भएको छ’ । लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने श्रमिक, डेरामा बसेका विद्यार्थी, आर्थिकरूपमा विपन्न समुदायलगायतलाई परेको समस्या र सार्वसाधारणका लागि अत्यावश्यक सामग्रीको आपूर्तिमा देखिएको कठिनाइबारेमा पनि छलफल भएको उनले जानकारी दिए ।