-राजकुमार ढकाल (प्रीन्स)
कोरोना र बैकल्पिक पठनपाठन
आज विश्व कोरोनाले ग्रसित छ । यस्तो बेला प्राय सबै ब्यक्तिमा मानसिक बिचलन नहुने कुरै भएन । सबै क्षेत्रलाई यस महामारिले तहसनहस बनाउदा शिक्षा क्षेत्र पनि यसको प्रत्यक्ष चपेटामा परेको छ । बिश्व बिद्यालय र स्कुलहरु बन्द हुदा शैक्षिक क्यालेन्डर बिग्रेको छ जसलाइ ब्यबस्थापन गर्न निकै कसरत अबस्य गर्नु पर्ने नै हुन्छ । सन १९६० को दशक पछि औद्योगिक शिक्षाको बिरोध हुँदै जिवनमुखि शिक्षा अर्थात जीवन पर्यन्त शिक्षाको वकालत नभएको पनि होइन तर पनि पश्चिमि शैलिको शिक्षामै सबै तल्लिन छ्न् ।
एल विश्वविद्धालय गरेको स्वतन्त्र सर्बेक्षणमा गर्दा ७५ प्रतिशत विद्यार्थीलाई बिद्यालय जान पन पर्दो रहेनछ जुन सर्बेक्षण २० लाख बिध्यार्थिमा गरिएको थियो । उक्त अध्ययन बिश्वविद्धालयको जर्नल लनिङ एन्ड इन्ट्रक्सनमा प्रकासित छ । त्यस्तै ग्यालापले सन् २०१६ मा ३ हजार भन्दा बढी स्कुलका १० लाख बिध्यार्थिमा गरेको अध्ययनमा पनि ५ कक्षादेखी १२ सम्मका बिध्यार्थिलार्इ बिध्यालय जान रुचि नभएको देखिन्छ । शिक्षा नीति २०७६ ले पनि यस बिषयमा बोलिसकेको छ । अब त्यसो हो भने रोमरको भनार्इ स्कुल मरिसक्यो भन्ने सन्देश र कोरोना पछिको बिध्यालय पठनपाठन शैलिमा फेर्नु जरुरी छ या छैन आज बहसको बिषय हुनु पर्ने देखिन्छ । हाम्रो पठनपाठन बारे पनि बैकल्पिक बाटो खोज्नु अनिवार्य देखिन्छ ।
आइस्टाइनको भनाइमा जिबनको अनुभव नै शिक्षा हो । त्यसो हो भने यस्तो महामारिमा बिद्यालयभन्दा बाहिरको सिकाइ बताबरण कसरी सिर्जना गर्न सकिन्छ भन्ने कुरामा सबै पक्षले बिचार गर्नु पर्दछ । शिकाइमा अभिभाबको भुमिका गहन हुन्छ, अभिभावको संग्लतामा नै सिकार्इ क्रियाकलाप यस्तो समयमा गर्न उतम देखिन्छ। घरमा सिक्नु पर्ने धेरै बिषयबस्तु छ्न जुन पारिवारिक बातावरणमा रमाइ रमाइ बालबालिकाले सिक्न सक्दछ्न् । एकातिर अहिले कोरोना फोबियाले गर्दा बिध्यार्थीमा मानसिक असन्तुलन छ भन्ने अर्कोतिर परीक्षा फोबीयाले । यस्तो बेला परीक्षा लिनु जरुर देखिन्न । परीक्षा भनेको अभिब्यक्ति क्षमता हो डर र त्रासमा लिनु भनेको कर्मकाण्ड पूरा गर्नु मात्र हो त्यसको कुनै औचित्य छैन। बिध्यालय तहमा रोकिएका परिक्षा स्वमुल्यांकन गरि उतिर्ण गर्नु नै हाललाई सहि बिकल्प हो । अरु पठनपाठनको बैकल्पिक उपायबारे बहस भने जरुरी देखिन्छ ।
यसबिच केही नँया प्रयास नभएका पनि होइन्न तर त्यति फलदाइ देखियका छैनन् । अनलाइन कक्षा केहि बिध्यालय र शिक्षकले सुरु गरेका छन यो एउटा बिकल्पको रुपमा आउनु राम्रो पक्ष हो तर सबै बिध्यार्थी यसको पहुचमा नहुदा विभेद हुने सम्भावना उतिकै देखिन्छ। अहिले गर्न सकिन भनेको बालबालिकालाई जीवन पर्यन्त सीप घरमा बसेर सिकाउने हो, लुगामा टाँक लगाउने, उध्रेको कपडा सिउने , मोबाइलबाट नै सुचना प्रबिधिको प्रयोग गर्ने, खेतबारिमा तरकरि र अन्नबाली कसरी लगाउने,बिभिन्न सामाग्री निर्माण र प्रयोग गर्ने, चित्र बनाइ व्याख्या गर्न लगाउने, फ्लिम हेर्दै कथाको भाब सोध्ने, कोरोनाको तथ्याङ अध्ययन गर्न लगार्इ यसबारे छलफल गर्न लगाउने, पुतली तथा किराहरु देखाउने, गीत संगीतमा रम्न दिने, समचार सुनेर के के भयो बताउन लगाउने, यस्ता बिषय बस्तु ठाउँ परिबेश अनुसार धेरै छन अहिले गर्नु पर्ने यस्तै सिकाइ हुन । कोरोनापछि अरु सोच्न सकिन्छ तर त्यसको लागि अभिभावकको सहजिकरण जरुरी छ । यहि
नै अहिलेको बैकल्पिक पठनपाठन हो । अन्तमा आवश्यक सुझाबको अपेक्षा गर्दछु ।
-लेखकः पेशाले शिक्षक हुन्