भोली र पर्सीको मौसमः मेघगर्जन, चट्याङ सहित वर्षाको सम्भावना

233

चैत २६,
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा जारी गरेको मौसम पूर्वानुमान यस्तो रहेको छ ।

चैत्र २७ गते (बिहीबार)

दिउँसोः देशको पुर्वी तथा मध्य पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पुर्वी तथा मध्य पहाडी भु-भागका एक-दुई स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

चैत्र २८ गते (शुक्रबार)

दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशको पश्चिमी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित क्षणिक वर्षा हुन सक्ने देखिएकोले सामान्य सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।