चैत १४,
भक्तपुर । गत मंसिरदेखि भक्तपुरमा रहेका विभिन्न स्थानमा रहेका ६२ ईटा भट्टामा कार्यरत मजदुरहरुलाई घर फर्काउने कार्य सूरु भएको छ । कोरोना संक्रमण फैलिन नदिन सरकारले लक डाउन गरेको आज चौथों दिन भएको छ । बिहिबाट नै मजदुरहरुलाई सम्बन्धी जिल्लामा पु¥याउन बसको व्यवस्था ईटा व्यवसायीहरुले गरेका छन् । महानगरिय प्रहरी परिसर जगातीका प्रमुख डीएसपी चक्रराज जोशीका अनुसार पहिलो दिन करिब ३ हजार मजदुरहरु गाउँ फकिएका हुन् । आज शुक्रबारसम्मा करिव ७ हजार मजदुरहरु गाउँ फर्कीने छन् ।
ईटा व्यवसायी संघ भक्तपुर अध्यक्ष नातीभाई हेम्बाका अनुसार १३, १४ र भोली १५ गते तीनदिनभित्र काचोँ ईटा बनाउने मजदुरहरु घर फर्कीने छन् । हेम्बाले भने ‘जिल्ला प्रशासन कार्यालय भक्तपुरले सवारी पासको व्यवस्था गरेको छ, त्यसैले घर पठाउन सजिलो भयो ।’ काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली र सर्लाही जिल्लाका मजदुरहरुलाई व्यवसायी आफैले बस खोजेर घर पठाएका हुन् । जिल्ला प्रशासन कार्यालयले तीन दिनको समय दिएको र कोही छुटेमा पूर्नविचार गर्न आग्रह गरिएको अध्यक्ष हेम्बाले बताए ।
सरकारले डक डाउन गरेपनि व्यवसायीहरुले भट्टा बन्द नगरेको भन्दै भक्तपुरका स्थानीयहरुले विरोध गरेका थिए ।