तीन दिनको मौसम पूर्वानुमान, यस्तो छ

215

चैत ८,

चैत्र ०८ गते (शनिबार)

दिउँसोः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ | पहाडी भू-भागका थोरै स्थानहरूमा र तराईका १-२ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । देशको पूर्वी र मध्य भू-भागका १-२ स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको छ ।

चैत्र ०९ गते (आईतबार)

दिउँसोः देशको पूर्वी र मध्य भू-भाग लगायत पश्चिमकि पहाडि भु-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पूर्वी र मध्य भू-भागका थोरै स्थानहरूमा र पश्चिमी १-२ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पूर्वी र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी र मध्य भू-भागका १-२ स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र १० गते (सोमबार)

दिउँसोः देशभर आंशिक बदली रहनेछ । पहाडि भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पश्चिमी भू-भागका १-२ स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

पहाडी भू-भागका थोरै स्थानहरूमा र तराईका १-२ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको संभावना रहेकोले चट्याङ्गबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ।