जनतामा फैलिएको वितृष्णाः अब कमरेडलाई आफ्नै कार्यकर्ताले हान्न थाले जुत्ता

184

फागुन १८,
काठमाडौं । निरङ्कुश राणाशाही विरोधी जनआन्दोलनको पूर्वसन्ध्यामा २२ अप्रिल, १९४९ का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । राणाशाही विरोधी आन्दोलनलाई सही दिशावोध गर्दै सामन्तवाद र साम्राज्यवाद विरोधी आन्दोलनको रूपमा अगाडि बढाउन र राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई अगुवाइ गर्न स्थापित यस पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठ थिए । अन्य संस्थापकहरूमा नरबहादुर कर्माचार्य, नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य र मोतिदेवी श्रेष्ठ हुन् ।

स्थापनाकालदेखि नै राणाशाही विरोधी आन्दोलनको झण्डा २०४६ साल र २०६२र६३को लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा रहेर नेपालका कम्युनिष्ट पार्टीले महत्वपूर्ण भूमिका खेलेको थियो। पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी यो पार्टी आर्दशवादी नेता थिए । पछिल्लो दुई वर्ष यता नेपालमा दुई ठुला पार्टी एक भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको छ । द्धन्द्धबाट आएको तत्कालिन माओवादी र संसदीय व्यवस्थाबाट चल्दै आएको नेकपा एमाले पार्टी एक भएपनि कार्यकर्ता र नेताको मन मिलेको देखिदैंन । तर, जनतामा बढ्दो निराशा वर्तमान सरकारले समाधान गर्न सकिरहेको देखिदैंन । बदमान मन्त्री, प्रधानमन्त्री केपि ओलीले आवश्यक कदम चाल्न नसक्दा नेकपाको सरकार विवादमा तानिदैं आएको छ । त्यसैको फलस्वरुप सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी राष्ट्रिय सभा गृहमा जुत्ता प्रहार भएको छ ।

जुत्ता हान्‍ने युवक तत्कालीन माओवादीकै कार्यकर्ता भएको खुलेको छ। उनी हाल नेत्रविक्रम चन्द विप्लवसँग आवद्ध रहेको खुलेको छ। पूर्व प्रधानमन्त्रीसमेत रहेका दाहालमाथि आफ्नै पूर्व कार्यकर्ताले जुत्ता प्रहार गरेको खुलेको हो । आइतबार राष्ट्रिय सभा गृहमा जुत्ता हान्‍ने व्यक्ति जुम्ला निवासी रतन तिरुवा हुन्। उनी जनयुद्धको समयमा उनका बाबु माओवादीमै लागेका कारण मारिएका थिए। नेकपाका अध्यक्ष प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार भरतमोहन अधिकारी स्मृति फाउन्डेसन नेपालले राष्ट्रिय सभागृहमा गरेको ‘भरतमोहन अधिकारी प्रथम स्मृति सभा’लाई सम्बोधन गरिरहेकै बेला प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार भएको थियो । दर्शक दीर्घाबाट जुत्ता प्रहार गरिएपछि तिरुवालाई तत्कालै प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।