ओली -दाहालको प्रतिवेदन राजनीतिक परिमार्जनसहित पारित

85

काठमाडौं, पुस १३ नेपाल कम्युननिष्ट पार्टीको स्थायी समितिले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ। स्थायी समिति सदस्य रघुजी पन्तले स्थायी समिति सदस्यहरूको सुझाव अनुसार प्रतिवेदन परिमार्जन हुने जानकारी दिए। ‘परिमार्जन गरेर सचिवालयमा प्रस्तुत गर्ने निर्णय भयो’, पन्तले भने, ‘सर्वसम्मतले प्रतिवेदन पारित भयो।’ बिहिबार साँझ नै प्रतिवेदन पारित गर्न अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेपछि चित्त बुझ्दो जवाफ नआएको भन्दै सचिवालय सदस्य वामदेव गौतमसहित स्थायी समिति सदस्यहरूले अड्काइदिएका थिए।‘नुन कम भएको, बेसार नपुगेको जस्तो’ विषय समेट्ने भन्दै ओलीले प्रतिवेदन पारित गर्न प्रस्ताव गरेका थिए। तर स्थायी समिति सदस्यहरुले कमिकमजोरी स्वीकार नगरिएको तथा आत्मआलोचना नगरिएको भन्दै पारित गर्न अस्वीकार गरिदिएका थिए। गौतमले एक व्यक्ति एक पदको आफ्नो अवधारणालाई फरक मतका रूपमा बैठकमा राख्न चाहेका थिए। पन्तका अनुसार आजको बैठकलाई दुबै अध्यक्षले पुनस् सम्बोधन गरेका थिए।

बैठकले पुस मन्सात भित्रै सांगठनिक एकता सम्पन्न गर्ने निर्णयसमेत गरेको छ। साथै संगठनात्मक एकताको विषयमा सुझावका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल समेत गठन गरेको छ। कार्यदलमा रामबहादुर थापा ुबादलु, शंकर पोखरेल, बर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र बेदुारम भुषाल सदस्य रहेका छन्।- सेतोपाटी