बामेदव गौतमलाई प्रधानमन्त्री बनाउने खेल !

93

फागुन ११,
काठमाडौं । नेकपाका नेता बामदेव गौतमले केही समय अगाडी राष्ट्रियसभा सदस्य प्रधानमन्त्री हुने भएमात्र सदस्य हुने बताएका थिए । अहिले यहिँ कुरालाई सहज बनाउन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा सदस्य संख्या बढाउने गरी संविधान संशोधनको गृहकार्य गर्न कार्यदल गठन गरेको छ । आइतबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो पार्टीको सचिवालय बैठकले वरिष्ठ नेता माधव कुमार नेपाल नेतृत्वको ३ सदस्यीय कार्यदल गठन गरेको बालुवाटार उच्च स्रोतले जनाएको छ । वर्तमान अर्थमन्त्री युवराज खतिवडाको ठाउँमा गौतमलाई नियुक्त गर्ने नेकपाको तयारी छ ।

कार्यदलमा स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ र केन्द्रीय खिमलाल देवकोटा सदस्य रहेका छन् । हाल कायम रहेको ५९ सदस्यीय राष्ट्रिय सभा सदस्य संख्या बढाउनेगरी संविधान संशोनको गृहकार्य गर्न कार्यदल गठन गरेको हो ।
नेपालको संविधान २०७२ अनुसार राष्ट्रिय सभा सदस्य ५९ जना रहने व्यवस्था छ । जसमा ५६ जना निर्वाचित र तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । संविधानको भाग ८ धारा ८६ मा राष्ट्रिय सभा गठन र सदस्यहरुको पदावधिबारे उल्लेख छ ।