अब नेपालका कम्युनिष्ट बिग्रन थालेः प्रचण्ड

241

फागुन ९,
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सत्ता बाहिर रहदाँ जनताको मन जित्ने कम्युनिष्टहरु शासन सत्ता हातमा आएपछि बिग्रन थालेको बताए । नारायणविलास जोशीको स्मृतिमा मध्यपुरथिमि निर्माण हुने भवनको शिलान्यास गर्दै उनले भने ‘आर्दश बिस्रने विश्व ईतिहासको संकेत नेपालमा पनि देखिन थालेको छ ।’ सत्ता बाहिर जस्तोसुकै त्याग गर्न तयार हुने, प्रतिक्रियावादीहरुको जेल, नेल र मृत्युलाई पनि हाँसीहाँसी स्वीकार गर्नसक्ने कम्युनिष्ट शासन हातमा आएपछि आर्दश भुल्न थालेका छन् प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले दुई कम्युनिष्ट पार्टीको एकतालाई अनुमोदन गर्दै कम्युनिष्ट पार्टीले नै यो देश र सबै जनताको हक, अधिकारलाई सुनिश्चित गर्न सक्छ भनेर भरोसा गर्दै सत्तामा बताए । कार्यक्रममा वागमति प्रदेशका सांसद एवं नारायणविलास जोशी स्मृतिमा प्रतिष्ठानका अध्यक्ष डा. राजेन्द्रमान श्रेष्ठले कम्युनिष्ट पार्टीको संस्थापक नेता जोशीको त्याग र योगदानको बारेमा चर्चा गर्दै छिट्टै भवन निर्माण सम्पन्न गरिने बताए । मध्यपुरथिमिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवन निर्माणमा नगरपालिकाले सहयोग गर्ने बताएका छन् । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, वागमति प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, वागमित प्रदेश सांसद शशीजंग थापा लगायतका नेता एवं जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।