नगरकोटमा दारी ग्याङको रक्तदान सम्पन्न

358

फागुन ८,
नगरकोट । आफ्नो स्थापनाको चौथो वार्षीक उत्सव को अवसरमा दारी ग्याङले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । दारी ग्याङ भक्तपुर र काभ्रेको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा २६ जनाले रक्तदान गरेका दारी ग्याङका किरण कार्कीले जानकारी दिएका छन् । उक्त अवसरमा मण्डनदेउपुर नगरपालिका वडा न. २ का वडाअध्यक्ष केशव प्रसाद तिम्सिना, नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङलगायतको उपस्थिती रहेको थियो ।