इजिप्टका धनाढ्यसँग बिल गेट्सकी छोरीको इन्गेजमेन्ट

213

माघ १७,
एजेन्सी । संसारका सबैभन्दा धनाढ्य व्यक्तिमध्ये एक बिल गेट्सकी छोरी जेनिफर गेट्सले आफ्ना प्रेमी नायेल नसालसँग इन्गेजमेन्ट गरेकी छिन् । जेनिफरले यो कुरा आफ्नो इन्स्टाग्राम ह्यान्डलमा तस्बिर पोष्ट गर्दै दिएकी छिन् । २३ वर्षीया जेनिफरलाई २८ वर्षीय नायेलले एक सुन्दर हिउँले ढाकेको स्थानमा लगेर प्रस्ताव गरेको उनले इन्स्टाग्राम मार्फत् जानकारी दिए । नायेलले जेनिफरलाई हिराको औंठी दिँदै ‘जीवन रहुञ्जेल साथ दिन्छौ’ भनेर अनुमती मागे ।

जेनिफरले तत्काल ‘हुन्छ’ भनिन् । त्यसपछि ती दुईले एक अर्कालाई चुम्बन गरे र अँगालो हाले । जेनिफर र नायेल एक अर्कालाई करिब चार वर्षदेखि चिन्छन् । जेनिफर बिल र मेलिन्डा गेट्सकी जेठी छोरी हुन् । नायेल इजिप्टका सबैभन्दा युवा धनाढ्यमध्येका एक हुन् ।
इन्स्टाग्रामको तस्बिर हेर्दा यस्तो लाग्छ कि यी दुई कुनै स्की रिसोर्टमा छ । यद्यपि, यी दुईले आफ्नो लोकेशनबारे कुनै जानकारी सेयर गरेका छैनन् ।