माघ १५,
देशको उच्च पहाडी तथा हिमाली भु-भागहरुमा हल्का देखि मध्यम हिमपातको साथै पहाडी भू-भागका तथा तराई भु-भागका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । तसर्थ सर्वसाधारणमा चिसोबाट बच्ने उपाय अपनाउनु हुन र यात्रा गर्दा सामान्य सतर्कता अपनाउन हुन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
मौसमको अवस्था
देशको पश्चिमी भू-भागमा सामान्य देखि पुर्ण बदली तथा पूर्वी र मध्य भू-भागहरुमा आंशिक बदलीको अवस्था रहेको देखिन्छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ १५ गते (बुधबार)
रातीः देशको पश्चिमी भू-भागमा सामान्य देखि पुर्ण बदली तथा पूर्वी र मध्य भू-भागहरुमा आंशिक बदलीको अवस्था रहनेछ । पश्चिमी भू-भागका केही स्थानहरु र मध्य र पूर्वी पहाडी भु-भागका एक/दुई स्थानहरुमा हल्का देखि वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ ।
माघ १६ गते (बिहीबार)
दिउँसो : देशको उच्च पहाडी र हिमाली भेगमा सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ। देशको थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।
रातीः देशको पूर्वी भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ ।
माघ १७ गते (शुक्रबार)
दिउँसोः देशभर सामान्यतया मौसम सफा रहनेछ।
रातीः देशभर सामान्यतया मौसम सफा रहनेछ।