माघ ५,
भक्तपुर । मादक पर्दाथ सेवन गरेर मोटरसाइकल चलाउदाँ भक्तपुरमा एकको मृत्यु भएको छ भने एक सख्त घाइते भएका छन् । मध्यपुर थिमि नगरपालिका–३ कौशलटार चोकमा आइतबार मध्यरातमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको हो । गएराती करिब १२ बजे काठमाडौंबाट भक्तपुर तर्फ आईरहेको प्रदेश नम्बर ३–०२–००२ प ८०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको महानगरिय प्रहरी वृत्त थिमिका प्रमुख डीएसपी शान्तिराज कोइरालाले जानकारी दिएका छन् ।
उक्त दुर्घटना.संखुवासभा जिल्ला चैनपुर गाउँपालिका घर हाल मध्यपुरथिमि बस्दै आएका ३५ वर्षका सतेन्द्र लिम्बुको नागरिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
झापा घर भई हाल थिमि बस्दै आएका मोटरसाइलमा सवार गम्भिर घाइते ५३ वर्षीय बासुदेव खरेलको नागरिक अस्पतालमा उपचार भइरहेको छ । खरेलको दाहिने खुट्टा भाँचिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार अत्यधिक मादक पर्दाथ सेवन गरेका लिम्बुले चलाएको मोटरसाइकलले कौशलटार चोकमा रहेको प्रहरीको आइल्याण्डलाई ठक्कर दिदाँ दुर्घटना भएको थियो ।