पुस १९,
भक्तपुर । स्कुटरको ठक्करबाट एक जना भारतीय नागरिको मृत्यु भएको छ । शनिबार भक्तपुर नगरपालिका वडा नम्बर १, सिर्जनानगर अरनिको राजमार्गमा काठमाडौबाट भक्तपुर तर्फ आउदै गरेको भारतीय एन एल ०१ ए डी ५९१८ नं.को कन्टेनरका सहचालक जिल्ला फरकुवाबाद भारत बस्ने बर्ष २५ नरेन्द्र पालको मृत्यु भएको हो ।
गाडी पछाडि हटाउनका लागि साईड माग्ने क्रममा सोही दिशाबाट आईरहेको बा ९२ प ३४०९ नं.को स्कुटीले सहचालक पाललाई ठक्कर दिएको महानगरिय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । ठक्कर दिदा घाईते भएका सहचालकलाई उपचारका लागी डा.ईवामुरा मेमोरियल अस्पताल भक्तपुर ल्याएकोमा उपचारकै उनको मृत्यु भएको हो ।
प्रहरीले स्कुटर चालक जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिाका ९ नलिनचोकका ३८ वर्षीय बसन्त देउजा र स्कुटरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको जानकारी दिएको छ ।