अशान्त भारतः प्रदर्शनको क्रममा २० जनाको मृत्यु

99
Protesters shout slogans at a demonstration against India’s new citizenship law in New Delhi on December 19, 2019. - Indians defied bans on assembly on December 19 in cities nationwide as anger swells against a citizenship law seen as discriminatory against Muslims, following days of protests, clashes and riots that have left six dead. (Photo by Sajjad HUSSAIN / AFP)

एजेन्सी
नयाँ दिल्ली । भारतमा नागरिकतासम्बन्धी हालै संशोधन गरिएको कानूनलाई लिएर देशका विभिन्न स्थानमा भएका विरोधका क्रममा एक आठ बर्षीय बालकसहित चार जनाको मृत्यु भएको शनिबार भारतीय अधिकारीहरूले बताएका छन् । शनिबारको मृत्युसङ्ख्यासहित संशाधित नागरिकतासम्बन्धी कानूनलाई लिएर अहिलेसम्म देशभर २० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको उत्तर प्रदेशमा प्रदर्शनकारी थप हिंसात्मक बनेपछि भीडलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागि चार प्रदर्शनकारीको मृत्यु भएको उत्तर प्रदेशका प्रहरी प्रवक्ता शिरिषचन्द्रले एएफपीलाई बताए ।
शनिबार बाराणासीमा प्रहरीको दवाबपछि करिब दुई हजार ५०० प्रदर्शनकारीहरूबीच भएको भागदौडका क्रममा आठ बर्षिय बालकको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रभाकर चौधरीले बताए । एएफपी