पुस ४,
भक्तपुर । नेपाल विद्युत प्राधिकरणले नयाँ ट्रान्सफर्मर चार्ज गर्नका लागि भोली भक्तपुरमा विहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म बिजुली काट्ने भएको छ प्रसारणलाइनको क्षमता बढाउन प्राधिकरणले भक्तपुर सवस्टेशनमा १३२/११ केभीको नयाँ ट्रान्सफर्मर चार्ज गर्न लागेका कारण विद्यूत सेवा सात घण्टासम्म विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणका प्रशासकीय अधिकृत देवराज भट्टले जानकारी दिए । नगरकोट, सूर्यविनायक, नलिनचोक, खोपासी, ठिमी, ब्रिक र कटुञ्जे फिडरअन्तर्गत पर्ने क्षेत्रमा बिजुली काटिनेछ। विद्युत आपूर्ति थप सहज बनाउन केही घण्टा बिजुली काट्न लागिएको र विद्युत काट्दा हुने असुविधाप्रति क्षमाप्रार्थी रहेको प्राधिकरणले जनाएको छ। विहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत काट्ने भनिएपनि ट्रान्सफर्मर चार्ज गर्न करिब दुई घण्टामात्र लाग्ने प्राधिकरण स्रोतले जानकारी दिएको छ ।