Sunday, October 4, 2026
Home समाचार NTC रिचार्जको पिन नम्बर कोरिए चिन्ता नलिनुस् यसरी गर्न सकिन्छ रिचार्ज

NTC रिचार्जको पिन नम्बर कोरिए चिन्ता नलिनुस् यसरी गर्न सकिन्छ रिचार्ज

876

पुस ३,
काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुको सुविधाका लागि रिचार्ज कार्डको पिन नम्बर कोरिएर बिग्रिएमा रिचार्ज गर्न सकिने सुविधा उपलब्ध गराएको छ । कहिलेकाहीँ हतारमा, भुलबस रिचार्ज कार्डको पिन नम्बर कोरिने तथा नचिनिने हुनसक्छ । यस्तो अवस्थामा मानिसले उक्त रिचार्ज कार्ड प्रयोग गर्न सक्दैनन् ।

जे पायो त्यही नम्बरले रिचार्ज गर्न खोज्दा फोन नम्बर नै ब्लक हुने अवस्था हुन सक्छ । तर, अब भने त्यो समस्या ग्राहकका लागि दोहोरिने छैन, किनकी टेकिमले रिचार्जमा जम्मा ६ वटा अंक बुझिने भए पनि नयाँ पिन नम्बर उपलब्ध गराउने छ । यसका लागि तपाईले टेलिकमको कार्यालय धाउनुपर्ने पनि छैन । आफै घरबाटै रिचार्ज गर्न सक्नुहुनेछ ।

कार्डको पिन नम्बर प्रष्ट नभए वा कोरिए ग्राहकले नम्बर बिग्रिएको रिचार्ज कार्डको सिरियल नम्बर, रिचार्ज कार्डमा देखिने पिन नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर उपलब्ध गराए रिचार्ज हुनेछ ।
यसका लागि टेलिकमको वेबसाइटमा गएर पिन रिकभरीमा क्लिक गर्नुपर्ने हुन्छ । रिचार्ज कार्डमा भएको १६ अंकको पिन नम्बर मध्ये कमसेकम ६ वटा अंक देखिनु पर्नेछ । यसरी रिचार्ज गर्दा पनि गलत भयो भने बढीमा १० पटकसम्म प्रयास गर्न सकिन्छ ।

 पिन रिकभर गर्ने तरिका यस्तो छ: 

khabarhub bat