नेपालगञ्ज विमानस्थलमा जहाजसँग बँदेल ठोक्कियो

403

मंसिर १७,

नेपालगञ्ज – नेपालगञ्ज विमानस्थलमा जहाजसँग जंगली जनावर बँदेल ठोक्किएको छ । काठमाडौँबाट नेपालगञ्ज ल्याण्ड हुँदै गरेको बुद्ध एयरको जहाजसँग बँदेल ठोक्किएको हो । जहाज ल्याण्ड हुने क्रममा पछाडिको चक्कामा बँदेल ठोक्किएको बुद्ध एयरका नेपालगञ्ज प्रमुख विनित शाहले बताए ।

जहाजमा ठोक्किएको बुँदेलको मृत्यु भएको छ । जहाज र यात्रुलाई कुनै क्षति नभएको शाहले जानकारी दिए । मंगलबार साँझ ६:२५ बजे बुद्ध एयरको जहाज नेपालगञ्जमा ल्याण्ड हुँदै थियो । त्यही बेलामा नजिकको झाडीबाट बँदेल दौडेर रनवेतिर आएपछि जहाजको पछाडिको चक्कामा ठोकिएको थियो । जहाजमा रहेका यात्रुहरु चिच्याएपनि कुनै क्षति भने भएन । देश संचारबाट