मंसिर ९, भक्तपुर । श्री पद्म मा.वि. दरवार क्षेत्र भक्तपुरले ९६ औं जन्मोेत्सव तथा पद्म कलेजको दशौँ वार्षिकोत्सव समारोेह सम्पन्न भएको छ । आइतबार बार्षिकोत्सवको समापन कार्यक्रममा बिभिन्न प्रतियोगिताको पदक/पुरस्कार वितरण,विविध छात्रवृत्ति वितरण,पुरस्कारहरु वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा आयोजित भक्तपुर जिल्ला व्यापी पद्म कप भलिवल प्रतियोगीताको उपाधी स्प्रीङ्गडेल स्कुलले जितेको छ । आदर्श जनप्रेमी दोस्रो र आयोजक श्रीपद्म माबि तेस्रो भएका छन् । प्रतियोगीतामा ८ स्कुल सहभागी थिए ।
जसमा आयोजक श्रीपद्म माबि, ख्वप, स्प्रीङ्गडेल, आदर्श माबि सानोठिमी, आदर्श जनप्रेमी, एजे स्कुल र सैनीक स्कुलका टिम सहभागी थिए । बिजेतालाई कार्यक्रमका प्रमुख अतिथि शिक्षाबिद् प्रा.डा.शुरेसराज शर्माले पुरस्कार, पदक, छात्रवृत्ति बितरण गरे । उक्त अवसरमा बिज्ञान तथा सिभिल ईन्जिनियरीङ्ग प्रदर्शनीमा बिद्यार्थीहरुले ५० किसिमका प्रस्तुति समेटेका थिए,जसमा ईलेक्ट्रिक ल्याब,कारपेन्ट्री ल्याब,सिभिल सर्भिस ल्याब,भोलमिटर,साईन्स ईन्नोभेसन समेटिएका थिए ।
३ दिन सम्म स्कुल समयमा संचालन भएको प्रदर्शनीमा स्कुलका ६ देखि १२ कक्षासम्मका २ सय बिद्यार्थी प्रत्यक्ष रुपमा सहभागी भएको स्कुल तथा कलेजका प्राचार्य राम हाडाले बताए । नेपाल सरकारले नमुना बिद्यालयको रुपमा छनौट गरेको यस बिद्यालयमा ईसीडी कक्षादेखि स्नातकोत्तरसम्म १३ सय ५० बिद्यार्थी रहेको प्राचार्य हाडाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । पद्ममा एक सय जना शिक्षक तथा कर्मचारी कार्यरत छन् भने बिगत ७ बर्षदेखि प्राविधिक धारतर्फ कक्षा ९ देखि १२सम्म सिभिल ईन्जिनियरीङ्ग बिषयको अध्ययन अध्यापन भैरहेको छ ।
शैक्षिक सत्र २०७५ को बार्षिक परीक्षा एसईईमा देशभरीका प्राविधिक बिद्यालय मध्य पद्मका छात्र बिबेक श्रेष्ठले ३.९६ जीपीए ल्याएर सर्बोत्कृष्ट हुन सफल भएका थिए । समापन कार्यक्रममा प्रदेश सांसद रजनी जोशी ,जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख खेमनाथ पोखरेल, भलिबलका अन्तरराष्ट्रिय रेफ्री गौतम लासिवा, भलिबल खेलाडी बिनोद चरण राय, ब्यवस्थापन समिति अध्यक्ष बाबुराजा जोशी लगायतले नमुना पद्म स्कुल तथा कलेजको सफलताको कामना गरेका थिए । गत मंसिर २ गते भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बार्षिकोत्सवको अवसरमा आयोजित बिज्ञान तथा सिभिल ईन्जिनियरीङ्ग प्रदर्शनी तथा सातौं १२ कक्षा स्तरीय भक्तपुर जिल्ला व्यापी पद्म कप भलिवल प्रतियोगिताको उद्घाटन गरेका थिए ।