अष्ट्रेलियामा नेपाली दम्पतीको झगडाः श्रीमानको मृत्यु

139
सांकेतिक तस्विर

मंसिर ९, अष्ट्रेलिया । अस्ट्रेलियामा श्रीमान श्रीमतीबीच भएको झगडामा श्रीमानको मृत्यु भएको छ । सिड्नीको ग्रान्भिलमा श्रीमान श्रीमतीबीच कुटाकुट हुँदा श्रीमतीले धारिलो हतियार प्रहार गर्दा श्रीमानको मृत्यु भएको हो । मृत्यु हुनेमा ३४ बर्षका बुटवल निवासी सन्तोष गौतम रहेको गैरआवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले पुष्टी गरेका छन् ।

शनिबार राति उनीहरुबीच भएको झगडामा धारिलो हतियार प्रयोग भएको अनुमान छ ।टाउकोमा गम्भिर चोट लागेर अचेत बनेका सन्तोषलाई राति अबेर पारामेडिक्सले अस्पताल पुर्‍याएता पनि उनको मृत्यु भएको अष्ट्रेलियाको प्रहरीले जनाएको छ । घाइते युवतीको अवस्था सामान्य छ । उनलाई हत्या आरोपमा अष्ट्रेलियाली प्रहरीले नियन्त्रणमा लिएको छ । हाल उनी प्रहरी हिरासतमा रहेकी छिन् । -nepaltara