भक्तपुरमा अब पनि त्यो पूर्व एमाले, यो पूर्व एमाओवादी भन्ने हो…..

756

कार्तिक १९,
भक्तपुर । नेपालका दुई ठुला कम्युनिष्ट पार्टीहरु एक भएको करिब दुई वर्ष पुरा भएको छ । नयाँ संविधान बनाउन एकसाथ लागेका पार्टीहरु एक हुदाँ जनतामा सकारात्मक भावना समेत पैदा भएको थियो । तर पार्टीको नेताका गुट अनी गुटपछिको उपगुटको भावनाले पार्टी एकतामा मजबुद बनाउन सकिरहेको देखिदैंन

नेकपा एमालले र एकिकृत नेकपा माओवादी एक भएर जन्मिएको ठुलो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता ए कता कता जस्तो होला भन्ने पार्टीका शुभचिन्तकहरुमा देखिन्छ । पछिल्लो पटक उपनिर्वाचनका क्रममा पार्टीले सिफारिस गरेका उम्मेदवारका बारेमा अन्य जिल्लामा खासै विवाद देखिदैंन् । तर भक्तपुरमा भने केही सामान्य मतभेद भएको नेकपाका नेताहरु स्विकार गर्दछन् ।
भक्तपुर क्षेत्र नम्बर १ (क) मा हुने उपनिर्वाचनमा नेकपा सचिवालयले देवीप्रसाद ढकाल (डीपी)लाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ढकाल नेकपाका जिल्ला कमिटि सचिव हुन् । तर उनको नाम पार्टीले सिफारिस गरेको २४ घण्टा नबित्दै कार्यकर्ताले कार्यालयको मूलढोकामै ताला लगाए ।

‘अघिल्लो निर्वाचनदेखि देखिएको खटपट यो उपनिर्वाचन सतहमा नै आएको छ, त्यसले पार्टीको एकतालाई धक्का लाग्छ,’ नेकपाका एक नेताले नयाँ नेपाल न्युजसंग कुरा गर्दै भने । हामीलाई नाम नबताउने सर्तमा उनले भने ‘डीपी जी पनि हाम्रो पार्टीको सचिव हो, उहाँको नाम आउनु राम्रो हो तर अघिल्लो निर्वाचनको उहाँले यो क्षेत्रमा एक दिन हरिगुरुको प्रचारमा आउनु भएन् ।’ उनले अगाडी भने ‘यदि तेतिबेला उहाँले केही दिनमात्र हरिगुरुसंग मत माग्न हिडेर साथ दिनु भएको भए अहिले विरोध हुने थिएन् । ’

नेकपाका उम्मेदवार, देवीप्रसाद ढकाल (डीपी)

तर पुराना गल्ती कमजोरीलाई देखाएर हामीबीचनै लडाई हुने हो भने यो निर्वाचनमा हार भयो भने देशभरका नेकपाको हार, उनले भने । अघिल्लो निर्वाचनमा एमाले–माओवादी गठबन्धनबाट दुई जना उम्मेदवार भए । अन्तिम दिनसम्मपनि ढकाल र हरि शरण लामिछानेले नाम फिर्ता नलिएपछि दुई जना नै बाम उम्मेदवार भए । त्यसपछि एक अर्काका समर्थकले बागीको नाम दिए । निर्वाचनको समयमा क्षेत्र नम्बर २ तीर महेश बस्नेतसंग हिडेका ढकाल यो क्षेत्रमा नदेखिएको भन्दै  केही कार्यकर्ता अहिले पनि आक्रोशित छन् ।

अघिल्लो निर्वाचनमा (तत्कालिन नेकपा एमाले) नेकपाका स्वर्गीय हरिशरण लामिछाने १२ हजार सात सय ७९ मतसहित निर्वाचित भएका थिए । ढकालले ७ सय ८३ मत पाएका थिए । भक्तपुरको यो घटनाले पार्टी एकता भए पनि पूर्वएमाले र पूर्वमाओवादीबीच अझै मन नमिलेको स्पष्ट देखिन्छ । त्यसलाई सुधार गर्न पार्टीका आम नेता कार्यकर्ताले पुराना गल्ती कमजोरीलाई सुधार गर्नु पर्दछ । यदि त्यो पूर्व एमाले यो पूर्व एमाओवादी भन्ने हो भने भक्तपुरमा मात्र नभएर देशभर नेकपाको संगठन र पार्टी कमजोर हुने पक्का देखिन्छ । अहिले ढकालको विरुद्धमा लागेका भक्तपुरका नेकपाका नेताले यो पनि सोच्नु पर्दछ ‘भविष्यको म पनि कुनै पदको उम्मेदवार हु,’ अन्यथा नेपाली कांग्रेस र नेमकिपालाई उक्त क्षेत्रमा निर्वाचन जित्न निकै सहज हुने देखिन्छ ।