भालुको आक्रमणबाट घाइते बालकलाई काठमाडौं लगियो

153

कात्तिक १९,
संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका–२ मा भालुको आक्रमणबाट घाइते भएका एक बालकलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। गत आइतबार भालुको आक्रमण बाट घाइते भएका मकालु–२ का १४ वर्षीय दावा नुर्बु शेर्पालाई थप उपचारका लागि मनाङ एयरको हेलिकप्टरबाट काठमाडौं लगिएको संखुवासभाका प्रहरी निरिक्षक सन्तोस राईले जानकारी दिए। जंगलमा टिमुर टिप्न गएको नुर्बलाई भालुले आक्रमण गर्दा टाउको र खुट्टामा गहिरो चोट लागेरगम्भीर घाइते भएका थिए। गम्भीर घाइते शेर्पाको मकालु–५ को स्वास्थ्य चौकीमा उपचार हुन नसक्ने भएपछि थप उपचारका लागि हेलिकप्टर मंगलबार काठमाडौं लगिएको संखुवासभा प्रहरीले जनाएको छ। मकालु गाउँपालिका राष्ट्रिय निकुञ्ज भएका कारण जंगली जनावरको आंतक बढेको स्थानियको भनाइ छ। निकुञ्जका जंगली भालुको आक्रमणबाट यसै वर्ष मात्र आधा दर्जन बढी घाइते भइसकेका स्थानियको भनाइ छ।